जम्मु कश्मिरमा फेरि भीडन्त, चार भारतीय सैनिक मारिए

समाधान संवाददाता २०७५ फागुन ६ गते १२:५०

एजेन्सी, नयाँ दिल्ली

भारतशासित जम्मु कश्मिरमा भारतीय सुरक्षा फौज र पृथकतावादी समूहबीच भीडन्त भएको छ।

भारतीय सञ्चारमाध्यमले पुलआमामा जैस ए मोहम्मद समूहविरूद्धको एकीकृत सैन्य अभ्यासका क्रममा भएको भीडन्तमा एक अधिकृतसहित ४ सुरक्षाकर्मी मारिएको जनाएका छन्। गोली हानाहानमा परी एक सर्वसाधारण नागरिकको पनि ज्यान गएको छ।

Advertisement

घटनामा दुई भारतीय सुरक्षाकर्मी घाइते भएका छन्।

यसअघि बिहीबार साँझ पुलआमामा सिआरपिएफको गाडीमाथि आत्मघाती आक्रमण हुँदा ४० सुरक्षाकर्मीको मृत्यु भएको थियो।

Advertisement

उक्त आक्रमणपछि भारतीय सेना, प्रहरी र सिआरपिएको संयुक्त टोलीले आइतबार साँझदेखि सर्च अपरेसन सुरू गरेको थियो।

तपाईको प्रतिक्रिया