म्याराथन महिमा

समाधान संवाददाता २०७५ फागुन ७ गते १०:१६

फागुन ७ गतेको दिन पोखरा म्याराथन हुँदैछ । भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्ने यो दौड प्रतियोगितामा हजारौं धावकले भाग लिँदैछन् । पोखराका खेलकुद गतिविधिमध्येमा उचाइसहितको प्रतियोगिता यो हो । म्याराथन खेलको विकाससँग मात्रै जोडिएको छैन ।

खेल आफैंमा स्वाथ्यसँग जोडिने भइहाल्यो, झन् पर्यटनसँग पनि जोडिएको छ । भनिन्छ, विकसित र सभ्य सहरहरु अस्पताल खोल्नभन्दा ज्यादा रंगशाला बनाउन ध्यान दिन्छन् । जति धेरै रंगशाला उति नै धेरैजनालाई खेलमा सामेल हुने अवसर हुन्छ । खेलमा जति मानिस सहभागी हुन्छ, ऊ उति नै धेरै स्वस्थ्य, जाँगरिलो र सिर्जनशील बन्न सक्छ ।

सन् ४९० मा ग्रिकले युद्ध जितेको खबर फिडेपिट्स नामका एक हुलाकी दौडँदै फैलाएपछि म्याराथन अर्थात ४२ दशमलव १९५ मिटरको दौड सुरु भएको मानिन्छ । प्रतियोगितामा त्यति नै दुरी तय हुन्छ । तर पोखरा म्याराथनमा सबैले त्यति नै दौडनुपर्छ भन्ने छैन । अरु क्याटेगोरी पनि छँदैछन् । रन फर फन अर्काे क्याटेगोरी छ, जहाँ जो पनि रमाइलोका लागि दौडन सक्छ । खासमा रन फर फन मानिसहरुलाई दौडन हौस्याउने क्याटेगोरी हो ।

Advertisement

विश्व चर्चित म्याराथन अमेरिकाको बोस्टन म्याराथन हो जहाँ झन्डै ५० हजार मानिस दौडन्छन् । विश्वको हरकोही धावकलाई त्यहाँ दौडने सपना हुन्छ । कतिपय नेपाली दौडेका पनि छन् । आज विश्वका ८ सय ठाउँमा म्याराथन हुन्छ । सबै म्याराथन बोस्टन, न्युयोर्क, सिकागो, लण्डन, रोम, बर्लिन, टोकियो, मुम्बई म्याराथन जत्तिकै चर्चित र प्रतिष्ठित छैनन् । नेपालमा चाहिँ पोखरा म्याराथनको ख्याति बर्सेनि बढ्दो छ । त्यो यसमा बढेको सहभागिताले पुष्टि गर्छ । २÷३ जना दौडेर सुरु भएको म्याराथनमा ३ हजारा हाराहारी मानिस दौडने अवस्था सिर्जना भइसकेको छ । यो यसको सफल पक्ष हो ।

पोखरा सहरलाई जीवन्त बनाउन म्याराथनजस्ता गविविधि सहायक सिद्ध हुन्छन् नै । म्याराथनकै लागि थुप्रै पर्यटक पोखरा आउँछन् । प्रतियोगितामा जतिजति अन्तर्राष्ट्रिय आकर्षण बढ्छ त्यति नै पोखराको नाम चम्किन्छ । त्यसैले यसलाई थप उचाइमा पु¥याउन र धेरैभन्दा धेरै धावकलाई सहभागी गराउन लाग्नु आयोजकको मात्रै नभएर सरोकारवाला सबैको दायित्व हो ।

Advertisement

त्यो दायित्व निर्वाह गर्नेक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संरक्षकत्व प्रदान गरी वास्तविक अभिभावकीय भावना र व्यवहार प्रदर्शन गरेका छन् । प्रदेश सरकारको मन्त्रिपरिषद्ले म्याराथनका लागि आर्थिक सहयोगको निर्णय गरी आयोजकहरुलाई हौसला थपेको छ । पोखरा म्याराथन अझै उचाइमा पुगोस् । शुभकामना ।

तपाईको प्रतिक्रिया