७सय वर्ष पुरानाे शालिग्राम शिलाहरु चोरी

समाधान संवाददाता २०७५ फागुन ७ गते १०:२५

समाधान संवादाता, पर्वत

प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पर्वतको मोदीबेणीधामबाट शालिग्राम शिला चोरी भएको छ । मोदीबेणीधामस्थित नृसिंह मन्दिरमा रहेको झण्डै ५० वटा शालिग्राममध्ये ४७ वटा चोरी भएको नृसिंह मन्दिर धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष केशवदास बैरागीले जानकारी दिए । मन्दिरमा महत्वकोरुपमा हेरिएको शालिग्रामसहित अरु साना शालिग्राम पनि चोरी भएको छ ।

अज्ञात समूहले मन्दिरको ढोका नै फुटाएर शालिग्राम शिलासहित दान पेटीकासमेत लगेको छन् । ‘दान पेटीकामा भने खास पैसा थिएन ।’ बैरागीले भने, ‘शालिग्राम भने लगभग ७ सय वर्ष पुरानो हो ।’ सवै शालिग्रामको तौल लगभग १ सय किलो हुने भएकाले यसमा १ जना मात्रै संलग्न नभएर गिरोह नै सक्रिय भएको अनुमान गरिएको छ ।

Advertisement

पूजाआजाका लागि बिहान ४ बजे पुजारी र भक्तजन मन्दिरमा जाने क्रममा ढोका तोडेर शालिग्राम चोरी भएको थाहा भएको थियो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भूवनेश्वर तिवारीले चोरी भएको स्थलको अवलोकनपछि प्रहरीले चोरी गर्नेको खोजी गरिरहेको बताए ।

शालिग्राम शिला एउटाको यतिनै मूल्य पर्छ भन्ने छैन । तर, मुस्ताङस्थित मुक्तिनाथमा शालिग्राम बिक्री गर्ने व्यवसायीले एउटा शिलालाई १० हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएको पाइन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया