‘प्रजातन्त्रलाई जीवन पद्धति बनाऔं’ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

समाधान संवाददाता २०७५ फागुन ७ गते १०:३७

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रजातन्त्रलाई जीवन पद्धति बनाउन आग्रह गरेका छन् । ६९ औं प्रजातन्त्र दिवसको अवसरमा सोमबार शुभकामना सन्देश दिँदै मुख्यमन्त्रीले दिवसले सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात गर्ने प्रेरणा दिने जनाएका छन् ।

प्रजातन्त्र प्राप्तिका लागि जीवनोत्सर्ग गर्ने सहिदहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले अहिलेसम्म प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यतिर अग्रसर हुन आग्रह गरेका छन् । २००७ साल फागुन ७ गते निरंकुश राणाशासनलाई ढलाएर प्रजातन्त्रको अभ्युदय भएको अवसरमा हरेक फागनु ७ गतेलाई प्रजातन्त्र दिवसको रुपमा मनाइन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया