मुस्ताङ कारगारका थुनुवा कैदीहरुकाे स्वास्थ्य परिक्षण

समाधान संवाददाता २०७५ फागुन ७ गते १०:५४

सुन्दरकुमार थकाली
मुस्ताङ

६९औं प्रजातन्त्र दिवसको अवसरमा मुस्ताङको जोमसोम कारागारमा रहेका थुनुवा कैदी–बन्दीको सोमबार स्वास्थ्य परिक्षण गराईएको छ ।कर्मचारी मिलनकेन्द्र जोमसोमले आयोजना गरेको कार्यक्रममा कारागारका थुनुवा केदी–बन्दीको निशुल्क स्वास्थ्य परिक्षण भएएको हो ।

जोमसोम अस्पतालका स्वास्थ्यकर्मीको समन्वयमा भएको निशुल्क स्वास्थ्य परिक्षणमा कारागारका ११ जना कैदी–बन्दीले स्वास्थ्य लाभ लिएका हुन् ।सो अवसरमा मिलनकेन्द्रले कारागारका कैदी–बन्दी तथा जोमसोम अस्पतालमा रहेका बिरामीलाई हर्लिक्स बितरण गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।

Advertisement

यसअघि कारागारका थुनुवा कैन्दी–बन्दीहरु हर्लिक्स बितरण गर्दै जिसस प्रमूख छिरिङ ल्हामो गुरुङले प्रजातन्त्र दिवसका अवसरमा कर्मचारी मिलनकेन्द्रद्धारा यसप्रकारको कार्यक्रम आयोजना गरिनु स्वागतयोग्य भएको बताईन् । उनले कारागार सुधार गृह भएकाले बिगतमा भएका गल्तीलाई सच्याएर प्रायश्चितको बाटो तर्फ लाग्न कैदी–बन्दीलाई आग्रह गरिन् । सो अवसरमा प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्री ,शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख मतिलाल चपाई लगायतको उपस्थिती रहेको थियो ।

कर्मचारी मिलनकेन्द्र जोमसोमले भोली मंगलबार जिल्ला प्रशासन कार्यालय नजिकै रहेको शालिग्राम उद्यानमा बृक्षारोपन गर्ने जनाएको छ ।मुस्ताङ कारागारको थुनुवा क्षमता ८ जनाको भएपनि हाल कारागारमा ११ जना थुनुवा छन् ।

Advertisement

तपाईको प्रतिक्रिया