हरि बने सफल म्याराथन च्याम्पियन

समाधान संवाददाता २०७५ फागुन ७ गते १३:१७

समाधान सम्वाददाता

सफल पोखरा म्याराथनको उपाधी नेपाल आर्मीका हरि रिमालले जितेका छन् । ४२.१९५ किलोमिटर दुरी २ घण्टा ४० मिनेट १० सेकेण्डमा पार गर्दै रिमालले नगद १ लाख पुरस्कार पाए ।

Advertisement

दोश्रो हुने एपिएफका खीमबहादुर खत्रीले ७० हजार, तेश्रो हुने पुलिसका भूमीराज राइले ५० हजार तथा चौथो भएका आर्मीका पूर्ण लामाले नगद ७ हजार पुरस्कार पाए । प्रतियोगितामा ६० जना सहभागी थिए ।

१० किलोमिटर पुरुषतर्फ नेपाल आर्मीका विकास कार्की, राजन रोकाया र शिवबहादुर रायमाझी क्रमशः पहिलो, दोश्रो र तेश्रो भए । महिलातर्फ पुलिसकी राजपुरा पछाइ पहिलो, एपिएफकी विन्द्रा श्रेष्ठ दोश्रो र आर्मीकी सरिता बंशी तेश्रो भईन् । प्रतियोगितामा पहिलो हुनेले १५ हजार दोश्रोले १० र तेश्रोले ५ हजार नगद पुरस्कार पाए ।

Advertisement

५ किलोमिटर दौडको पुरुषतर्फ बेसलाईन एकेडेमीका अजय तामाङ पहिलो, ग्रामर बोर्डिङका विनोद गुरुङ दोश्रो र शहीद स्मृतिका तुलबहादुर घर्तीमगर तेश्रो भए । महिलातर्फ पनि बेसलाईनकै ललिता लामिछाने पहिलो, माउण्ट अन्नपूर्णकी नानु हमाल दोश्रो भईन् । प्रतियोगितामा पहिलो हुनेले १०, दोश्रोले ७ र तेश्रोले ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

ह्विलचियर दौडमा पुरुषतर्फ सुरेश गौली, भरत अधिकारी र हेमबहादुर गुरुङ तथा महिलातर्फ लक्ष्मी विश्वकर्मा, अञ्जु बसेल र पवित्रा विक क्रमशः पहिलो, दोश्रो र तेश्रो भए । पहिलो हुनेलाई ५, दोश्रोलाई ३ र तेश्रोलाई २ हजार रुपैयाँ पुरस्कार दिईएको छ ।

दृष्टिविहिन दौड प्रतियोगितामा महिलातर्फ विटु विधामा विनिता पुन र बी वानमा रितादेवी थापा तथा पुरुषतर्फ विटुमा आदेश बस्याल र बी वानमा दुर्गादत्त पौडेल पहिलो भएर नगद ५ हजार पुरस्कार पाए । प्रतियोगी र रन फर फनमा गरि ५ हजार भन्दा बढी सहभागी भएका आयोजक भुपु खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङले जानकारी दिए । प्रजातन्त्र दिवसको अवसरमा मञ्चले १३ औं संस्करणको सफल पोखरा म्याराथन आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया