ट्रम्पको संकटकालविरूद्ध १६ अमेरिकी राज्य अदालतमा

एजेन्सी, वासि
क्यालिफोर्नियालगायत १६ वटा अमेरिकी राज्यले मेक्सिकोको सीमामा पर्खाल बनाउन संकटकाल घोषणा गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमविरूद्ध अदालतमा मुद्दा हालेका छन्।
मेक्सिकोसँग सीमा जोडिएको क्यालिफोर्नियाका महान्यायाधीवक्ता जेभियर बेसेराले सोमबार एक विज्ञप्ति जारी गर्दै मुद्दामा ट्रम्प प्रशासनको यो कदमले संविधानको उल्लंघन भएको उल्लेख गरिएको जनाएका छन्।
‘राष्ट्रपति ट्रम्पले कानुनी शासनलाई अवमूल्यन गरेका छन्,’ बेसेराले भने,‘उनलाई थाहा छ, सीमामा कुनै संकट छैन, उनको संकटकाल घोषणा औचित्यपूर्ण छैन र उनले अदालतमा यो मुद्दा आफूले हार्न सक्ने पनि स्वीकारका छन्।’
मुद्दा हाल्ने अन्य राज्यहरूमा कोलोराडो, कनेक्टिकट, डेलावेयर, हवाई, इलिनोई, मैन, मेरिल्याण्ड, मिसीगन, मिनेसोटा, नेभाडा, न्यूजर्सी, न्यूमेक्सिको, न्यूयोर्क, ओरेगन र भर्जिनिया छन्।
यी सबै राज्यमा महान्याधाधीवक्ता डेमोक्रेटिक पार्टीका छन्।
मेक्सिकोको सीमामा पर्खाल लगाउन कंग्रेसले बजेट नदिएपछि आफ्नो लक्ष्य पूरा गर्न ट्रम्पले संकटकाल घोषणा गरेका हुन्। संकटकाल लगाएपछि कंग्रेसको स्वीकृतिबिना नै रक्षा मन्त्रालय लगायत अन्य बजेटको पैसा राष्ट्रपतिले रकम खर्च गर्न पाउँछन्।
ट्रम्पविरूद्ध उभिएका यी राज्यहरूले सैनिकलाई दिइएको पैसा पर्खाल बनाउनमा खर्च देशको अर्थतन्त्रमा हानी पुग्नेर मिलिटरी बेसलाई अपग्रेड गर्न रोकिने तर्क गरेका छन्। एन्टी ड्रगको बजेट पर्खालमा बनाए पनि त्यसले क्षति पुग्ने उनीहरूको भनाइ छ।
क्यालिफोर्निया र न्यूमेक्सिको राज्यले पर्खाल बनाउँदा वन्यजन्तुको वासस्थानमा पनि असर पर्ने मुद्दामा उल्लेख गरेका छन्।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया