फुस्रेखोलामा प्रदेशको पहिलो मोटरेबल पुल

समाधान संवाददाता २०७५ फागुन ८ गते ७:५८
^( cf}F k|hftGq lbj;sf cj;/df d+unjf/ kf]v/f @@ l:yt k'm;|]vf]nfdf lgdf{0f ul/g] df]6/]an k'n lznfGof; ;df/f]xdf af]Nb} d"n ;df/f]x ;ldltsf ;+of]hs Pj+ u08sL k|b]zsf d'VodGqL ;'Aaf u'?ª . t:jL/ M xl/ af:tf]nf, kf]v/f, /f;;

समाधान संवाददाता

यस वर्षको बजेटमार्फत गण्डकी प्रदेश सरकारले १ सय ५ वटा मोटरेबल पुल निर्माणको योजना बनाएको छ । सरकारलाई योजना बनाए पनि अहिलेसम्म कार्यान्वयनमा जाने नसकेको आरोप थियो । कानुन र कार्यविधि तयार पार्दै अब भने विकास पूर्वाधारको काम अगाडि बढ्ने बताएको प्रदेश सरकारले आफ्नो पहिलो मोटरेबल पुलको शिलान्यास गरेको छ ।

पोखरा–२२ स्थित फुस्रे खोलामा वर्ष दिनभित्रै सक्ने गरी निर्माण सम्झौता भएको पुलको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार शिलान्यास गरेका हुन् । ३ करोड ९८ लाख ४८ हजार रुपैयाँ लागतमा फुस्रे खोला चिसापानी मोटरेबल पुल बन्ने छ ।

Advertisement

६ करोड ४५ लाख इस्टिमेट गरिएको पुल निर्माण गर्न एम-एस श्रीगीता–सिमरन जेभीले सम्झौता गरेको छ । सम्झौताअनुसार यो पुलको ३८ मिटर लम्बाइ र ६ मिटर चौडाइ हुने छ ।

पुलको शिलान्यास गर्दै मुख्यमन्त्री गुरुङले अब प्रदेश योजना कार्यान्वायनको चरणमा प्रवेश गरेको बताए । ‘प्रदेशले के गरेर बसेको छ । कामै छैन भन्नेहरुका लागि जवाफ हामीले काममार्फत नै दिने छौं,’ मुख्यमन्त्री गुरुङले भने, ‘कानुन निर्माण र कार्यविधि बनाएर आधार तयार पार्‍यौं, अब योजना कार्यान्वयनको चरणमा प्रवेश गर्‍यौं ।’

Advertisement

निर्माण ठेक्का पाएको कम्पनीलाई बजेटको अभाव नहुने तर समयमै काम सक्नुपर्ने उनको भनाइ थियो । पालिका केन्द्रदेखि सदरमुकाम र मुकामदेखि प्रदेश राजधानीसम्म जोड्ने सडक निर्माण पनि सरकार अघि बढिरहेको मुख्यमन्त्रीले बताए । सरकारले लिएको लक्ष्य पूरा गर्न सबैको साथ र सहयोग चाहिने उनको भनाइ थियो ।

भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले सबैभन्दा बढी विकास बजेट भएको आफ्नो मन्त्रालयमा भएकाले सन्तोषजनक बजेट खर्च गर्ने दिशामा उन्मुख भएको बताए । ‘कुनै पनि विकास निर्माण एकैचोटी हुने होइन । त्यसका आफ्नै कानुनी प्रक्रिया र चरण हुन्छन्,’ मन्त्री बस्नेतले भने, ‘अब धमाधम टेन्डर, सम्झौता गर्दै विकास निर्माणमा अघि बढ्छौं ।’

गण्डकी प्रदेश सरकारले २ खानेपानी आयोजना र १ सडक निर्माणको काम केही महिनाभित्रै सम्पन्न गरिसकेको मन्त्री बस्नेतले जानकारी दिए । स्याङजा जिल्लाका ३ वटा खानेपानी आयोजनाहरु ताप्के, सचावारी र बेलचौर लिप्टिङ खानेपानी योजनाको निर्माण कार्य सम्पन्नउन्मुख छ । जसबाट ३ सय ३७ घरधुरी लाभान्वित हुनेछन् ।
गोरखा जिल्लाको निबेल खानेपानी योजना निर्माण सकिएर ४५ घरधुरी लाभान्वित भएका छन् । पर्वतमा पनि १ सडक प्रदेश सरकारले निर्माण सम्पन्न गरेर भुक्तानी बुझाइसकेको छ ।

तपाईको प्रतिक्रिया