छैटौं गोर्खाली रनिङ कप सुरु

समाधान संवाददाता २०७५ फागुन ८ गते ८:४७

समाधान संवाददाता

गोर्खाली रनिङ कप फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । हरमटारी क्लबको आयोजनामा भएको प्रतियोगिता गोरखा नगरपालिका प्रमुख राजनराज पन्तले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन खेलमा त्रिवेणी युथ क्लब मुग्लिन विजयी भएको छ । श्रीजंग गण लमजुङ र त्रिवेणीबीच भएको खेलको पूरा समयसम्म १-१ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा गएको थियो । ट्राइबेकरमा ४–२ गोलअन्तरले त्रिवेणी विजयी बनेको हो ।

खेलको १४ औं मिनेटमा श्रीजंग गणका ११ नम्बरका खेलाडी सतिसराज धामीले गोल गर्दै खेललाई अग्रता दिएका थिए । तर उनको अग्रतालाई २८ औं मिनेटमा त्रिवेणी युथ क्लबका १० नम्बर जर्सीका खेलाडी बिकी राईले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । सेभेन ए साइड प्रतियोगिताको ६० औं मिनेटसम्म अरु गोल नहुँदा खेल १–१ को बराबरीमा रोकिएको थियो । मंगलबार भएको पहिलो खेलमा त्रिवेणी क्लबका राजन श्रेष्ठ म्यान अफ द म्याच घोषित भएका छन् ।

Advertisement

१६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता टोलीले नगद २ लाख पुरस्कार पाउने आयोजकले बताएको छ । उपविजेताको लागि १ लाख र सेमिफाइनलमा पुग्ने २ समूहलाई ५०-५० हजार पुरस्कार स्वरुप उपलब्ध गराइने क्लबका किरण ढकालले बताए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

बुधबार ३ खेल हुने आयोजकले बताएको छ । बिहान ८ बजे रणसिं दल गण गोरखा र दौतरी क्लब चित्रेपोखरीबीच खेल हुनेछ भने दोस्रो खेल आरआर एफसी हेटौंडा भर्सेज हिमालयन बगैंचा आरुघाट र तेस्रो खेल अल स्टार आँबुखैरेनी र मैदान कालीबीच खेल हुने क्लबका ढकालले जानकारी दिए । गोरखा सदरमुकाम स्थित खेलकुद मैदानमा आयोजना गरिएको प्रतियोगिता आगामी १४ गतेसम्म चल्नेछ ।

Advertisement

तपाईको प्रतिक्रिया