सोमपाल, दीपेन्द्र, करण र ललित ‘टु एक्स क्रिकेट’ खेल्न अमेरिका जाने

समाधान संवाददाता २०७५ फागुन ८ गते १२:५२

समाधान संवाददाता, काठमाडाैं

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी,दीपेन्द्रसिंह ऐरी, करण केसी र ललित राजवंशी ‘टु एक्स क्रिकेट’ प्रतियोगिता खेल्न अमेरिका जाने भएका छन् । प्रतियोगितामा सोमपालले कप्तानी सम्हाल्ने नेपाली राइनोज टोलीबाट खेल्नेछन् । अहिलेसम्म सोमपालको अमेरिका जाने टुंगो भइसकेको छ भने धनगढी प्रिमियर लिगमा व्यस्त भएकाले बाँकी तीन जनाको भिसाको अन्तर्वार्ता हुन सकेको छैन ।

नेपाली राइनोज अमेरिकाको टेक्सासमा बस्ने पूर्वक्रिकेटर र समर्थकले स्थापना गरेको टोली हो । आगामी मार्च २० देखि २४सम्म हुने प्रतियोगिताको विजेता टोलीले ५० लाख रूपैयाँ पुरस्कार पाउने छ । प्रतियोगिताको अघिल्लो संस्करणमा कप्तान पारस खड्का,ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, सुवास खकुरेल, पृथु बाँस्कोटा, सोमपाल कामी र बसन्त रेग्मी सम्मलित राइनोज टोलीले उपाधि नै जितेको थियो । यसपटक भने क्लबले युवा खेलाडीलाई मात्र अमेरिका आउने निम्तो दिएको छ ।

Advertisement

बजेटको अभावले गर्दा धेरै खेलाडी लिन नसकेको क्लबले जनाएको छ । क्लब व्यवस्थापक आशिक लामाले भने, ‘हामीले यसपटक युवा खेलाडीलाई अवसर दिएका छौं । विस्तारै ठूला प्रतियोगितामा पनि खेल्ने कुरा छ । त्यो भयो भने सिनियर खेलाडी पनि आउँछन् ।’ प्रतियोगितामा विभिन्न देशबाट १६ टोलीको सहभागिता रहनेछ।

Advertisement

तपाईको प्रतिक्रिया