विश्वकप एशिया छनोट : नेपालको आज दोस्रो खेल

रासस
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल -आइसिसी- महिला विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टोली थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।
घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गर्दै नेपालले सुखद शुरुआत गरिसकेको छ । तर, बलियो थाइल्याण्डविरुद्ध जित निकाल्न नेपालले कठिन चुनौती छ । थाइल्याण्डले गत महिना महिला टि–२० स्म्यास प्रतियोगितामा नेपाललाई नौ विकेटले पराजित गर्दै उपाधि उचालेको थियो ।
यस्तै थाइल्याण्ड पनि दोस्रो जितको खोजीमा रहेको छ । थाइल्याण्डले पहिलो खेलमा चीनलाई छ विकेटले पराजित गरेको थियो । २ खेलमा २ जितका साथ युएई अंक तालिकाको पहिलो स्थानमा छ । समान १ जित निकालेको नेपाल र थाइल्याण्ड रन रेटका आधारमा क्रमश दोस्रो र तेस्रो स्थानमा छन् ।
राउण्ड रोबिनको आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक विनोद दासले आजको खेल जित्न सके नेपाल ग्लोबल छनोटमा पुग्ने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “प्रतियोगितामा सहभागी टोलीमध्ये सबैभन्दा बलियो टोलीको रुपमा थाइल्याण्डलाई हेरिएको छ, हामीले आज इल्याण्डविरुद्ध जित निकाल्न सके अर्को चरणमा पुग्ने सम्भावना बलियो हुनेछ ।”
यसैबीच भर्खरै थाइल्याण्डले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ ।







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया