२०२२ मा गण्डकीमा २० लाख पर्यटक

समाधान संवाददाता २०७५ फागुन ९ गते ९:२८

अमृत सुवेदी

नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भिœयाउने लक्ष्य राख्दा गण्डकी प्रदेश सरकारले सन् २०२२ मा प्रदेशमा त्यति नै पर्यटक भिœयाउने लक्ष्य राखेको छ । पर्यटकीय गन्तव्यको पहिचान र विकास गर्दै लक्ष्य पूरा गर्ने योजनामा प्रदेश सरकार छ ।

लक्ष्य पूरा गर्न गण्डकी सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, सन् २०२० लाई छिमेकी देशका पर्यटक आकर्षण वर्षका रुपमा मनाउने नीति तथा कार्यक्रममै ल्याएको थियो । सन् २०२२ लाई अन्तर्राष्ट्रिय स्तरको ‘प्रदेश पर्यटन वर्ष’ अभियान सञ्चालन गर्दै २० लाख पर्यटक भिœयाउने प्रदेशको योजना हो । त्यसै अनुरुप गण्डकी सरकारले बिहीबार आन्तरिक भ्रमण वर्ष घोषणा गर्दै विभिन्न कार्यक्रम ल्याउँदै छ ।

Advertisement

सगरमाथा आरोहणभन्दा पनि पहिल्यै सन् १९५० मै फ्रान्सेली नागरिक मौरिस हर्जोगले पहिलोपटक अन्नपूर्ण हिमाल चढेका थिए । पहिलो पटक हिमाल आरोहणको इतिहास बोकेको प्रदेशले पर्यटनलाई समृद्धिको पहिलो आधारको रुपमा लिएको छ ।

पर्यटनमार्फत् प्रदेशलाई समृद्धिको दिशामा लैजाने लक्ष्यसहित सरकारले आन्तरिक पर्यटन वर्षका रुपमा घोषणा गर्न लागेको हो । सरकारी तथा निजी क्षेत्रको साझेदारीमार्फत पर्यटनको प्रवद्र्धन र विकासबाट रोजगारी र आयआर्जनमा अभिवृद्धि गर्ने सरकारको लक्ष्य छ ।

Advertisement

सन् २०१९ लाई प्रादेशिक अभियानको रुपमा घोषणा गरी यो वर्ष १५ लाख आन्तरिक पर्यटक भिœयाउने प्रदेश सरकारले दाबी गरेको छ । नयाँ गन्तव्य पहिचान र विकास गरी ५० प्रतिशत पर्यटक प्रदेशको नयाँ गन्तव्यमा पुग्ने वातावरण तयार गर्ने योजना सरकारको छ ।
नेपाल आउने पर्यटकको ३० देखि ४० प्रतिशत पर्यटक गण्डकी प्रदेशमा आउने तथ्यांकले देखाउँछ । अहिले वार्षिक रुपमा आन्तरिक र विदेशी गरी करिब १० लाख पर्यटक प्रदेश भित्रने पर्यटन मन्त्रालयको भनाइ छ ।

प्रदेशमा पर्यटकको बसाइ अवधि करिब ५ दिन अनुमान गरिएको छ जहाँ विदेशी पर्यटकले प्रतिदिन ५४ डलर र आन्तरिक पर्यटकले प्रतिदिन ५ हजार रुपैयाँ खर्च गर्ने पर्यटनमन्त्री विकास लम्साल बताउँछन् । यसबाट गण्डकी प्रदेशमा पर्यटनले प्रत्यक्ष, अप्रत्यक्ष गरी कुल रोजगारीको १५ प्रतिशत र कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत (करिब ३० अर्ब) योगदान पु्याएको लम्सालले दाबी गरे ।

साहसिक, खेलकुद, धार्मिक पर्यटन तथा पर्यापर्यटन प्रवद्र्धनमा जनशक्ति तयारीका लागि कार्यक्रम तथा बजेटको व्यवस्था गर्ने सरकारको योजना छ । आन्तरिक पर्यटन वर्षका लागि सरकारले ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ भने अन्य कार्यक्रममार्फत पनि पर्यटन विकास र व्यवस्थापनमा लाग्ने योजना रहेको मन्त्री लम्सालले बताए ।

‘अतिथि देवो भव’ अभियान चलाउँदै विभिन्न वर्षभरि विभिन्न कार्यक्रम हुने छन् । प्रदेश, जिल्ला र स्थानीय तहमा पर्यटन प्रवर्धन समिति गठन गरी गर्ने, प्रदेशका प्रमुख पर्यटकीय स्थलमा पर्यटन सूचना केन्द्रको व्यवस्था गर्ने, प्रदेशको पर्यटन ब्रान्ड ग्लोरियस गण्डकीका रुपमा प्रचार गर्ने, ६ वटै प्रदेशका मुख्य सहरसँग पोखराको हवाई सम्पर्क स्थापना गर्ने, विद्यमान तथा नयाँ पर्यटकीय क्षेत्रमा संरचना निर्माण तथा क्रियाकलापमा पर्याप्त बजेट विनियोजन गर्ने योजना प्रदेश सरकारको छ ।

नोभेम्बरसम्म प्रदेशका जिल्ला, स्थानीय तहमा सांस्कृतिक तथा पर्यटन महोत्सव गर्ने, मार्च र मेमा मुख्य ३ ठाउँ स्याङ्जाको राम्दी, मुग्लिन कट्नेबित्तिकै तनहुँको आँबुखैरेनी र पोखरा विमानस्थलमा पर्यटक सूचना केन्द्र स्थापना गर्ने सरकारको योजना सरकारको छ ।

डिसेम्बरसम्मै स्थानीय होमस्टेको ब्रान्डिङ, चलचित्र छयांकनका लागि प्रदेश सरकारको सहुलियत, ११ वटै जिल्लामा पर्यटन प्रवद्र्धनका कार्यक्रम, आन्तरिक पर्यटकको उत्कृष्ठ फोटोलाई पुरस्कृत गर्ने, प्रदेशका महत्वपूर्ण पर्यटन क्षेत्रको प्रोफाइल निर्माण गरी प्रचार गर्ने, खेल पर्यटन र सभा सम्मेलन पोखरामा आह्वान गर्ने योजना बनाएको पर्यटनमन्त्री लम्सालले जानकारी दिए । ३ सय वटा होमस्टे सञ्चालन गर्ने र सामुदायिक वनमा पर्यापर्यटन विकास कार्यक्रम गर्ने योजना सरकारको छ ।

निजी क्षेत्रबाट छुट र कोसेली
आन्तरिक पर्यटन वर्षमा निजी क्षेत्रमा पर्यटकलाई छुट, सम्मान र कासेलीको व्यवस्था गर्ने गरी पर्यटन व्यवसायीसँग छलफल भएको छ । होटल, रेस्टुरेन्ट, ट्रेकिङ, प्याराग्लाइडिङ, बञ्जी लगायत विभिन्न पर्यटन प्रडक्टमा सहुलियत प्रदान गरिने छ ।

व्यवसायीले प्याकेजमा २० प्रतिशतसम्म छुट दिने बताएका छन् । उपहार तथा कोसेलीका उत्पादन बढाउने तथा कोसेली घरमार्फत बिक्री वितरणको व्यवस्था गर्ने सरकारको भनाइ छ । निजी क्षेत्रसँगको सहकार्यमा नयाँ पर्यटकीय गन्तव्य पहिचान, म्यापिङ र प्रचारप्रसार गर्ने योजना गण्डकी प्रदेश सरकारले ल्याएको छ ।

होटल बुकिड नेटवर्कहरुसँग समन्वय गरी प्रदेशमा पर्यटक भिœयाउने खालका कार्यक्रम आयोजना गर्ने मन्त्री लम्सालले बताए । आन्तरिक पर्यटन वर्ष मनाउन पर्यटनमन्त्री लम्सालको संयोजकत्वमा मूल समिति र विभिन्न क्षेत्रका व्यक्तित्वलाई समावेश गरी उपसमितिहरु गठन गर्ने तयारी छ । आन्तरिक पर्यटन वर्ष अभियानको लोगो र नारा सार्वजनिक प्रतियोगिता आह्वान गरेर छनोटको प्रक्रियामा छ ।

गण्डकी प्रदेश सरकारले नयाँ र पुराना गरी झन्डै ५ सयभन्दा बढी ठाउँलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने कार्ययोजना तयार पारेको छ । अहिले पर्यटक गइरहेका र पर्यटकीय सम्भावना रहेका ठाउँको सूची तयार पारेर ती ठाउँमा पर्यटक पुर्‍याउने सरकारी योजना छ ।

तपाईको प्रतिक्रिया