गण्डकी प्रदेशको आन्तरिक पर्यटन वर्ष घोषणा

समाधान संवाददाता २०७५ फागुन १० गते ७:५२

समाधान संवाददाता

नेपाल पत्रकार महासंघको २५ औं केन्द्रीय साधारण सभा तथा विधान अधिवेशन बिहीबारदेखि पोखरामा सुरु भएको छ । राष्ट्रिय समृद्धिका लागि सञ्चार ःगुणात्मक व्यावसायिक र सुरक्षित पत्रकार भन्ने नाराका साथ भएको साधारण सभा देश भरका १ हजार ५ सय प्रतिनिधिको सहभागिता छ । प्रत्यक्ष निर्वाचन प्रणाली लैजाने गरी विधान संशोधन एजेन्डा साधारण सभामा छ ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले साधारण सभाको उद्घाटन गर्दै पत्रकारहरु उत्प्रेरक बनेर समाज सुधारमा लाग्नुपर्ने बताए । ‘पत्रकार भनेको उत्प्रेरक हो,’ सभामुख महराले भने, ‘पत्रकार आफै कर्ता नभएर कर्तालाई बदल्न सहयोग गर्दछ ।’ पत्रकार विकृति विसंगतिको अन्त्य गर्न लागे पनि निषेधको तहमा जान नहुने सुझाव दिए । लोकतन्त्र बहालीका लागि सकारात्मक भूमिका खेलेको स्मरण गराए । विगतमा नेपालको पत्रकारिता निरंकुशताविरुद्ध लडेको अब अराजकताविरुद्ध लड्नुपर्ने सुझाव दिए । नेपालको विशेषता र मौलिकतालाई नछोडेर अग्रगामी बन्न पर्ने बताए ।

Advertisement

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९को घोषणा गर्दै प्रदेश सरकारले १५ लाख पर्यटक भिœयाउने लक्ष्य लिएको बताए । प्रदेश सरकारका समृद्धिका आधारमध्ये पर्यटनलाई पहिलो प्राथमिकतामा रखेको जानकारी दिँदै मुख्यमन्त्री गुरुङले २०२१ लाई गण्डकी प्रदेश भ्रमण वर्ष मनाउने उल्लेख गरे । मुख्यमन्त्री गुरुङले प्रदेशको जनसंख्या बराबरको पर्यटक भिœयाउने दीर्घकालीन लक्ष्य लिएको जानकारी दिए । नेपालको पहिलो होमस्टे स्याङ्जाको सिरुबारी भएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले प्रदेशभर ३ सय होमस्टेलाई प्रवद्र्धन गर्ने जानकारी दिए ।

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशको राजधानी पोखराका १० वटा ताल पर्यटनको इपिसेन्टर बनेको उल्लेख गरे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन हुन नदिने प्रतिबद्धता व्यक्त गरे । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् संकुचन हुन सक्दैन र हुँदैन,’ मन्त्री बास्कोटाले भने, ‘अहिले प्रेस स्वतन्त्रता हनन् हुन्छ, हुन्छ, हुन्छ भन्नेले हुने छैन र थाहा पाउनु हुनेछ ।’ पत्रकारहरुको लागि प्रेस कानुन छुट्टै आउने उल्लेख गर्दै मन्त्री बास्कोटाले मुलुकी तथा देवानी संहिताका अव्यावहारिक प्रावधान संशोधन हुने बताए ।

Advertisement

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराई, नेपाली कांग्रेसका नेता कुमार खड्का, राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्ण, संघीय समाजवादी फोरमका उपमहासचिव तथा प्रचार विभागका प्रमुख प्रकाश अधिकारी, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट, पूर्वअध्यक्षहरु सुरेश आचार्य, शिव गाँउले, महेन्द्र बिष्ट, तारानाथ दाहाल, प्रेस संगठन नेपालका नेता गणेश बस्नेत नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष शंभु श्रेष्ठ, सञ्चारिका समूहका अध्यक्ष नीतु पण्डित, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज अध्यक्ष डण्ड गुरुङ, क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष इन्द्र दाहाल, प्रेस सोसाइटी नेपालका अध्यक्ष केशव अर्याल, जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रे, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल, मदेशी पत्रकार संघका अध्यक्ष मोहन सिंह, सामुदायिक रेडियो प्रशारक संघका महासचिव गोविन्द देवकोटा, ब्रोडक्रास्टिङ एसोसियसन अफ नेपालका महासचिव दुर्गा अधिकारी, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले बोलेका थिए । साधारण सभाको उद्घाटनअघि सिर्जनाचोकबाट सांस्कृतिक झाँकी निकालिने कार्यक्रम छ ।

साधारणसभामा महासंघले विभिन्न साधारणसभामा महासंघले ‘कृष्णप्रसाद भट्टराई’ राष्ट्रिय पत्रकारिता पुरस्कार शिवहरिप्रसाद भट्टराई(सप्तरी), ‘गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार’ शम्भु श्रेष्ठ (काठमाडौं), ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ बलराम थापा (काठमाडौं), ‘गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार’ गीता कुँवर (अछाम) र ‘उमासिंह पत्रकारिता पुरस्कार’ हीरालाल चौधरी (सिरहा) लाई प्रदान गरिएको छ । विभिन्न शाखालाई कदरपत्रबाट सम्मानित गरिएको छ । पत्रकारिता पुरस्कार प्रदान गर्ने कार्यक्रम समेत तय भएको छ । महासंघले प्रदेश नम्बर १, कास्कीसहित विभिन्न शाखालाई कदरपत्रबाट सम्मानित ग¥यो ।

तपाईको प्रतिक्रिया