नेपाल र बेलायती पत्रकारिताको प्रवृत्ति

समाधान संवाददाता २०७५ फागुन १० गते ८:०२

प्राडा चन्द्रबहादुर गुरुङ

गोर्खा आन्दोलनको क्रममा लगभग २ दशक लामो समय मैले संयुक्त अधिराज्य बेलायतमा बिताएँ । आन्दोलन सफल गर्ने क्रममा मैले बेलायती जनजीवन र त्यस देशमा प्रकाशित हुने पत्रपत्रिका तथा सञ्चार माध्यमलाई धेरै नजिकबाट अध्ययन गर्ने अवसर पाएँ । टेलिभिजनको फरक प्रवृत्तिहरु अध्ययन गरें । त्यति मात्र होइन नेपाल २ विशाल मुलुकहरुको बीचमा अवस्थित छ र गोर्खा भर्तीको कारणले बेलायत जस्तो देशमा रहेर नियमित प्रकाशित हुने राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका पत्रपत्रिकाको तुलनात्मक अध्ययन गर्ने मौका पनि पाए“ । नेपाल र बेलायतबीचको भूगोल परिवेश बिल्कुल फरक छ । यी फरक प्रवृत्ति र चरित्रको चित्रण मैले यस लेखमा गरेको छु ।

प्रेस स्वतन्त्रताको हिसाबमा बेलायती भन्दा नेपाली सञ्चारमाध्यम बढी स्वतन्त्र रहेको अनुभव गरेको छु ।

Advertisement

अहिले विश्वमा शीतकालीन युगका उपज आतंककारी युद्धहरुको शृंखला नै चलेको छ । अहिले राज्यद्वारा परिचालित र राज्यविहीनहरु बीचको अन्तरद्वन्द्व आतंकवादको रुपमा विश्वमा चलिरहेको छ । अझ भन्नुपर्दा इस्लामिक आतांकारीहरुले प्रयोग गर्ने आत्मघाती आक्रमणले युद्धको चरित्रनै बिल्कुलै फरक ढंगले सोच्न वाध्य बनाएको छ । विश्वमा भएका आदिम युगदेखि अहिलेसम्म भएका युद्धहरुको जड नै आर्थिक कारण हो । द्वितीय विश्वयुद्ध (सन् १९३९–४५) को समाप्तिपछि विश्व दक्षिणपन्थी र वामपन्थी २ भिन्न राजनीतिक धारमा विभाजित भयो । यी २ खेमाहरुले आ–आफ्नो अनुकुल अनुसारको शक्ति गुटहरुको स्थापना गरेका छन् । नेटो (नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन) र वार्सा प्याक्ट सैनिक संगठनहरु शीतकालीन युद्धका उपज हुन् । यसैले बेलायती पत्रपत्रिकाको प्रकृति पनि त्यहि परिवेशमा विकसित भएका छन् । सन् १९९१ मा रसियन गणराज्यको अन्त्यपछि वामपन्थी धार वार्सा प्याक्ट निधिवत खारेज भएको छ ।

११ सेप्टेम्बर २००१ को कुरा हो । दिउँसो ३ बजे म लन्डन अन्डरग्राउन्डको वेकर स्ट्रिट ट्युब स्टेसनमा हिँडिरहेको थिए । त्यसैबेला लन्डन अन्डरग्राउन्ड भित्रका सबै स्टेसनहरुमा लाउड स्पिकरबाट एउटै मात्र सूचना प्रशारित भइरहेको थियो । खबर थियो ‘हेन्थ्रु लगायत बेलायतबाट उड्ने सबै हवाइ जहाजहरुको उडान रद्द गरिएको छ । तिमीले अहिले नै आफ्नो ट्राभल एजेन्सीस“ग सम्पर्क गर्नु । बाँकी सूचानाहरु जारी हुँदै जाने छन् ।’ यो खबरले मलाई अचम्म तुल्यायो । के कारणले यस्तो भएको होला मैले अझै थाहा पाउन सकिरहको थिइनँ । तर हि“ड्दै गर्दा गाइँगुइँ सुनिरहेको थिए“, अमेरिकन यात्रुवाहक हवाई जहाज इस्लामिक आतंककारीहरुले अपरहण गरे रे । म लगत्तै घरमा पुगें । बेलायतका सबै समाचार च्यानलहरुले अमेरिकामाथि उग्रवादी इस्लामिकहरुले हमला गरिरहेछन् । अमेरिकाको पूर्वी किनार बोस्टनबाट बिहान उडेका यात्रुवाहक ४ जहाजमध्ये २ वटा १ पछि अर्काे गरी आफ्नो गन्तव्यमा नपुगी न्युयोर्क म्यानहटनस्थित १ सय १० तला अग्लो गगनचुम्बी जुम्ल्याहा टावरमाथि पुगेर बजारिएका थिए ।

Advertisement

बेलायतबाट प्रकाशित हुने प्रायजसो अनलाइन र साप्ताहिक पत्रिकाहरुमा अहिले कार्टुनको प्रयोग हुन थालेको छ । दी इकोनोमिस्ट जस्ता साप्ताहिक पत्रिकाले प्राय कभर पेज कार्टुन प्रकाशित गर्छन् ।

वल्र्ड ट्रेड सेन्टरका दुबै भवनहरुबाट आगोको मुस्लो निस्किरहेको थियो । भवनहरु भत्किरहेका थिए । तेस्रो जहाज अमेरिकी रक्षा मन्त्रालयको पेन्टागन भवनमा आएर बजारियो भने चौथो जहाज पेन्सिलभिनियामा घा“से मैदानमा खस्यो । यो जहाज सम्भवत अमेरिकी राष्ट्रपतिको सरकारी आवसीय भवन ह्वाइट हाउसमा बजारिने लक्ष्य लिएर जाँदै थियो । आतंककारीहरुले हवाईजहाज आफै हाँकिरहेका थिए । आतंकारीहरुले हमलामा नयाँ प्रविधि प्रयोग गरेका थिए । यो घटनापछि अमेरिकी समय बेलुकीको ७ बजे राष्ट्रपति जर्ज बुसले राष्ट्रको नाममा सन्देश दिए । आतंककारीहरुको विरुद्ध लड्ने घोषणा गरे । ठीक त्यसको भोलिपल्ट लन्डनमा प्रधानमन्त्री टोनी ब्लेयरको संसदमा बोल्दै सरकारले तालिवान विरुद्ध लड्न अमेरिकी नीतिका पक्षमा उभिने घोषणा गरे । त्यस दिन प्रकाशित बेलायतका सबै पत्रपत्रिकाले यस हमलाको घोर निन्दा गरे । यस घटनाको लागि तालिबान सरकारलाई दोषी ठह¥यायो र अब कुनै पनि बेला अफगानिस्तानको सामरिक केन्द्रहरुमा सैनिक कारबाही हुने भयो । ७ अक्टोबरको झिसमिसे बिहान अफगानिस्तानको सैनिक केन्द्रहरुमा ब्रिटिस तथा अमेरिकी फाइटर प्लेनहरुले जबरजस्त हवाई हमला भयो । हवाई हमलामा तालिबान मात्र नभइ निर्दोष महिला र बालबालिका समेत मारिए ।

हवाई हमलाको विरुद्धमा बेलायतका सबै अखवार मौन थिए । कुनै पनि पत्रिकाले बिहान भएको हवाई कारबाहीको विरोध गरेनन् । सबै अखबारहरुले इस्लामिक आतंककारीलाई मात्र दोष दिए । बेलायतबाट प्रकाशित हुने ब्रोडसिट पत्रिका दी डेली टेलिग्राम, दि टाइम्स, फाइन्सियल टाइम्स जस्ता सबै दक्षिणपन्थी झुकाव भएका पत्रिकाहरुले सोझै हवाई हमलाको पक्षमा वकालत गरे । त्यस्तै ‘दि गार्जियन’ र दी इन्डिपिन्डेड जस्ता मजदुरहरुको पक्षमा उभिने पत्रपत्रिकाहरुले हवाई हमलाको सोझै विरोध त गर्न सकेनन् तर अनाहकमा मारिएकाहरुको विवरण भने प्रकाशित गरिरहका थिए । त्यस्तै डेली मेल, डेली एक्सप्रेस, न्युज अझ द वल्र्ड आदि सबै ट्याबलोइड पत्रपत्रिकाहरुले जवाफी कारबाहीको समर्थन गरे । बेलायतका अखवारहरुले देशलाई पर्ने नाफा नोक्सानको हिसाब गरी घटनाको समर्थन र विरोध गर्ने गर्छन् । कतिपय राष्ट्रिय सवालहरुमा यिनीहरुको लेखाइ एकपक्षीय रहन्छ । उदाहरण यसरी पनि लिन सकिन्छ ।

सेप्टेम्बर २०१४ मा स्कटल्यान्डकोे विषयलाई लिएर जनमत संग्रह भयो । बेलायती मतदाताहरुले स्कटल्यान्ड बेलायतबाट छुट्टिन हुँदैन भन्नेमा आफ्नो अभिमत जाहेर ग¥यो । स्कटल्यान्डका जनताहरुले भने छुट्टिनेमा भोट हाले । यसैको परिणाम अहिले आयरल्यान्ड र स्कटल्याड बेलायतबाट छुटिने, स्वतन्त्र देश हुने राजनीतिक चलखेल चलि नै रहेका छन् । त्यस्तै जुन २०१६ मा बेलायत युरोपियन युनियनमा रहने कि छुट्टिने भन्ने राष्ट्रिय सवालमा जनमत संग्रह भयो । यसलाई अहिले ब्रेक्जिटको नाउँबाट जानिन्छ । युरोपियन युनियनबाट छुट्टिनुपर्छ भन्ने पक्षधरहरुको झिनो मतले विजय भयो । अहिले बेलायतका पत्रपत्रिकाले त्यस प्रकारको राष्ट्रिय सवालमा परस्पर बाझिएका समाचार सम्प्रेषण गरिरहेका छन् । त्यति मात्र होइन कति पत्रपत्रिकाले त यो जनमत संग्रह हुनु नै डेभिड क्यामरुन सरकारको सबभन्दा ठूलो भूल थियो भन्ने राजनीतिक विचारहरु पनि प्रकाशन गरिरहेका छन् ।

जनमत संग्रहको परिणामले बेलायतको अध्यागमन नीतिसँग सोझै सरोकार राखेको छ । बेलायती जनताहरुले शरणार्थी बेलायत प्रवेश गर्न निषेध गरिनु पर्छ भन्नेहरुको मतले युरोपियन युनियनबाट हटेको हो । अहिले आएर ब्रेक्जिटको परिणामले बेलायतको अन्तरर्राष्ट्रिय भूमिका प्रायः शून्य भएको छ । यिनै कारणहरुले कुनै जमानाको सबै भन्दा शक्तिशाली मुलुक बेलायत अहिले पूर्णरुपमा खुम्चिएको छ ।

नेपालको सन्दर्भमा मैले बुझेसम्म नेपाली पत्रपत्रिका र सञ्चार माध्यमहरुको भूमिका बिल्कुलै फरक धरातलमा उभिएको छ । भारत र चीनको बीचमा अवस्थित भूपरिवेष्टित मुलुक हो नेपाल । भूधरातलको कारणले भारतीय प्रभाव नेपालमा सोझै पर्ने गरेको छ । नेपाल भारत ब्यापार घाटा, भारतीय जनता पार्टीको हिन्दूवादी धारहरुले नेपाली पत्रपत्रिकाहरुमा केही हदसम्म असर गरेको देखिन्छ । तर पनि यी यस्ता केही अपवाद वाहेक नेपालमा प्रकाशित हुने ठूला साइजको दैनिक पत्रिकाहरु सफलताका साथ प्रकाशित भइरहेका छन् । मैले देखिरहेको छु नेपालको पत्रकारिताको स्वतन्त्र भूमिका रहँदै आएको छ । अदालत र सरकालाई समेत आफ्नो भूलहरु सच्याउन बाध्य पारेको छ ।

अहिले बेलायतमा लगभग १ लाख ५० हजार नेपालीहरु बस्छन् । बेलायतमा नेपाली पत्रपत्रिकाहरुको स्थिति भिन्दै धरातलमा उभिएको छ । सुरुमा युरोपको नेपाली पत्र (साप्ताहिक) पत्रिका मात्र प्रकाशित हुन्थ्यो । त्यसभन्दा अघि पनि छुटफुट थिए तर संस्थागत पोजिसन लिन भने सकेका थिएनन् । त्यसै क्रममा हामीले पनि प्रयास गरेर एउटा पत्रिका प्रकाशन गर्‍याै‌ं । एभरेस्ट टाइम्स साप्ताहिक राखियो नाम । त्यसको प्रधान सम्पादक म आफै भए । यो पत्रिका अहिले पनि बेलायतमा प्रकाशन भइरहेको छ । त्यसको प्रमुख सम्पादकमा हरिकाजी गुरुङ छन् । यस्तै राजेन्द्र भट्टले १ दशकदेखि पहिलो नेपाली टिभी सो प्रशारित गर्दै आएका छन् । उनले पछिल्लो समयमा सबैभन्दा बढी गोर्खा आन्दोलनको विषयमा कभरिङ गर्दै आएका छन् । सुरुमा नमस्ते युरोपको व्यान्डमा यो च्यानलले सेवा ग¥यो । हाल विमला सेनी जस्ता कर्मठ महिलाले गोर्खा टिभी सो च्यानल नियमित प्रशारित गर्दै आएका छन् । यी सबै माध्यमले बेलायतवासी नेपालीको आर्थिक तथा सामाजिक अवस्थाको सोझै परिचय दिइरहेका छन् ।

बेलायतबाट प्रकाशित हुने प्रायजसो अनलाइन र साप्ताहिक पत्रिकाहरुमा अहिले कार्टुनको प्रयोग हुन थालेको छ । दी इकोनोमिस्ट जस्ता साप्ताहिक पत्रिकाले प्राय कभर पेज कार्टुन प्रकाशित गर्छन् । कार्टुन प्रयोगले कथावस्तु पढ्नुपूर्व विषयवस्तुको आभास दिँदै गरेको हुन्छ । कान्तिपुर प्रकाशनका ‘नेपाल’ र ‘हिमाल’ साप्ताहिक जस्ता पत्रिकाले हिजोआज कार्टुनको प्रयोग गरेका छन् । कार्टुनको प्रयोग अहिले बढी नै देखिन थालेको छ । हामीले पनि पत्रकारिताको सम्बन्धमा ‘गोर्खा सैनिक आवाज’ मासिक पत्रिका नेपालमा डिजाइन गरेर बेलायतमा प्रकाशित गर्दै आएका छौं । उक्त पत्रिकाको सम्पादन नेतृत्व लिएको नाताले पनि २ देशको पत्रकारिताको चरित्रबारे केही उदाहरण राख्ने प्रयास मात्र गरेको हुँ ।

प्रेस स्वतन्त्रताको हिसाबमा बेलायती भन्दा नेपाली सञ्चार माध्यम बढी स्वतन्त्र रहेको अनुभव गरेको छु । त्यसै कारणले पनि हामीले प्रकाशन गरेका एभरेस्ट टाइम्स्, गार्खा सैनिक आवाज र नेपाली टिभीमा बेलायत र नेपालको दुबै प्रवृत्ति मिश्रित भएको छ ।

नेपाल १ चीन नीतिको कारणले भारत सरकार र भारतीय सञ्चार माध्यमले कहिलेकाही कुनै विषयहरुमा विवादित बनाउन प्रयास भएको देखिन्छ । तर त्यस्तो दबाब आए पनि नेपाली सञ्चार माध्यमले आफ्नो राष्ट्रिय नीति स्पष्ट पार्दैै लगेको छ । नेपाल र बेलायतका सञ्चारमाध्यममा भेटिएका फरकहरुले नेपाली पत्रकारिताको स्तरलाई निर्धारण गरेको पाइन्छ ।

तपाईको प्रतिक्रिया