अंग्रेजीले स्कुलको गुणस्तर खस्कियो

समाधान संवाददाता २०७५ फागुन १० गते ८:०९

रामकृष्ण लामिछाने

पर्वतका कूल ७ सय ३६ सामुदायिक विद्यालयमा करिब ८० प्रतिशत पुरानो धारका शिक्षकले पढाइरहँदा शिक्षाको गुणस्तर खस्केको पाइएको छ ।

हिमालय मावि खुर्कोटका प्रधानाध्यापक माधवप्रसाद रेग्मीले पुरानो धारका शिक्षकलाई स–सम्मान बिदाई गर्ने पद्धति नहुँदा शिक्षामा गुणस्तर खस्केको बताए । उनले भने,‘उनीहरु बिदाई हुन चाहन्छन् तर, बिदाई हुन राज्यले सम्मानजनक विकल्पसहित नीति ल्याउनुपर्छ । ‘उनीहरुले २५ देखि ३० वर्षसम्म पढाए,’ रेग्मीले भने,‘सेवाबाट छुटकरा पाउने समयमा उचित खालको व्यवस्था नहुँदा उमेर हदका कारण अवकाश पाउने अवस्थासम्म विद्यालय आइरहेको अवस्थाका कारण गुणस्तरीय शिक्षा र ज्ञान दिन नसकिएको हो ।

Advertisement

पर्वतका सामुदायिक विद्यालयमा ६० पुग्नै लागेका शिक्षकहरुले पर्वतका सामुदायिक विद्यालयमा पठनपाठन गराउँछन् । कुश्माको नारायण मावि, शिवालय मावि, कटुवाचौपारीको सार्वजनिक मावि, वितलवको पूर्णेश्वर मावि, फलेबास, विहादी, मोदी, जलजला, पैंयु र महाशिलाका धेरै जसो सामुदायिक विद्यालयले यही समस्या भोगेका छन् ।

नारायण माविका पूर्व प्रधानाध्यापकसमेत रहेका शिक्षक वसन्तबहादुर सीकेले राज्यले त्यस्ता शिक्षकलाई सम्मान गर्न नसकेको टिप्पणी गरे । ‘गोल्डेन हेन्सेकको व्यवस्था राज्यले गर्नुपर्छ,’ सिकेले भने, ‘यो सरकारले यसको व्यवस्था नगर्दा सामुदायिक विद्यालयमा समस्या आएको बताए । प्रायःदेशभरका सामुदायिक विद्यालयमा अस्थायी दरबन्दीका शिक्षक हुँदा समस्या झन् बल्झेको उनले बताए ।

Advertisement

राजनीतिक आधारले अस्थायी रुपमा शिक्षक हुने चलखेलले अर्को समस्या भएको छ । पत्रकार रोशन तिवारीले शिक्षकहरुले राजनीतिक अँगाल्दा विद्यालयको गुणस्तर बिग्रिएको बताउँछन् । ‘ राजनीतिक पार्टीका कार्यक्रममा शिक्षक भेटिन्छन्, उनले भने, शिक्षकले राजनीति गर्‍यो भने विद्यार्थीले के सिक्लान् ।’

यता, यहाँका अधिकांश सामुदायिक विद्यालयले निजी विद्यालयको सिको गर्दै आधारभूत तहदेखि अंग्रेजी माध्ययममा जोड दिँदा समस्या थपिएको छ । ‘अंग्रेजी माध्यममा शिक्षा सामुदायिक विद्यालयले दिनु राम्रो पक्ष हो, ‘अभिभावक प्रेम पौडेलले भने,‘ यसरी प्रतिस्पर्धामा जानै नसक्ने विद्यार्थीको अवस्था हुँदा समस्या भएको छ । उनले भने, ‘आफ्ना छोराले अंग्रेजी शिक्षा अँगाल्दा सिकाइमा असर पु¥याएको बताए । पुरानो धारका शिक्षकहरु आफैं अंग्रेजीमा पोख्त नहुँदा यो समस्या दिनदिनै बढेको प्रेमजस्ता धेरै अभिभावकको भनाइ छ ।

तपाईको प्रतिक्रिया