सजाय भुक्तान हुन बाँकी १९ जना पक्राउ

समाधान संवाददाता २०७५ फागुन १० गते ८:२९

समाधान संवाददाता

अदालतबाट दोषी ठहर भएपछि भागेकालाई पक्राउ गर्ने अभियान चलाएको जिल्ला प्रहरी कार्यालयले स्याङ्जाले धमाधम प्रक्राउ गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पछिल्लो १ महिनामा १९ जनालाई गरेको हो ।

अदालतबाट दोषी ठहर भएपश्चात विभिन्न ठाउँमा लुकिछिपी बसेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले साउन १ गतेबाट हालसम्म २२ जनालाई पक्रउ गरेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए ।

Advertisement

प्रहरीले कर्तव्य ज्यानका ५, बहुविवाहका ५, सार्वजनिक अपराधका ५, अंशबण्डाका २ जनालाई पक्राउ गरेको छ । जबरजस्ती करणी, सम्बन्धविच्छेद, कुटपिट, लागुऔषध, ठगीका १-१ जनालाई पक्राउ गरेको हो । प्रहरीले यस आर्थिक वर्षमा १८ पुरुष र ४ महिलालाई पक्राउ गरेको सूचना अधिकृत भण्डारीले बताए ।

अदालतले दोषी ठहर गरी २० वर्ष सजाय, ४२ वर्षबाट फरार र १ रुपैयाँ जरिवाना सम्मकालाई प्रहरी प्रक्राउ गरेको हो । प्रहरीले पछिल्लो ५ आर्थिक वर्षमा १ सय ५४ पुरुष र ४० महिला गरी १ सय ९४ जनालाई पक्राउन गरेको सुचना अधिकृत भण्डारीले बताए ।

Advertisement

प्रहरीले ०७४-७५ मा ९ मुद्दाका प्रहरीले १५ पुरुष र २ महिलालाई पक्राउ गरेको भण्डारीले जानकारी दिए । यहाँ सरकारी छाप दस्तखतमा १, सवारी ज्यान ३, लागु औषध १, सार्वजनिक अपराध ६, जबर्जस्ती करणी १, बहुविवाह १ र कर्तव्य ज्यानमा १, लेनदेन १ र दुनियाँवादी फौजदारीमा २ जनालाई पक्राउ गरेको हो ।

आव ०७३-७४ मा १३ मुद्दाका ३१ पुरुष ३ महिला गरी ३४ जनालाई पक्राउ गरी कारबाही गरिएको हो । आव ०७२-७३ मा १८ मुद्दाका ३६ पुरुष र १२ महिला गरी ४८ जनालाई पक्राउ गरिएको डिएसपी भण्डारीले बताए । प्रहरीले आर्थिक वर्ष ०७१-७२ मा ५९ पुरुष र १७ महिला गरी ७६ जनालाई पक्राउ गरेको हो ।

लुकिछिपी बस्ने जो कोहीलाई सजायको दायरामा ल्याउने बताउँदै प्रहरी प्रमुख राजकुमार लम्सालले आफ्नो पहिलो लक्ष्य नै अदालतले सजाय तोकेका प्रतिबादी पक्राउ गर्ने भएको बताए ।

तपाईको प्रतिक्रिया