जुम्लामा पुग्यो पाठ्यपुस्तक

रासस
विगतका वर्षमा पाठ्यपुस्तकको समस्या हुँदै आएको जुम्लामा यो वर्ष समयमै पाठ्यपुस्तक आइपुगेको छ । सरकारले हिमाली जिल्लामा माघ मसान्तभित्रै जनक शिक्षा सामग्री केन्द्रको डिपो कार्यालयमा पाठ्यपुस्तक पठाएपछि जुम्लाका विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुगेको हो ।
नयाँ शैक्षिकसत्रको शुरुआत भएसँगै फागुन १५ सम्ममा जुम्लाका सम्पूर्ण विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याउने उद्देश्यले डिपो कार्यालयले माघ मसान्तमै पाठ्यपुस्तक उठाएपछि समयमै यो वर्ष जुम्लामा आइपुगेको जिपी स्टेशनरी जुम्लाका सञ्चालक गणेशबहादुर रोकायाले बताउनुभयो ।
जुम्लामा अहिलेसम्म कक्षा ६ देखि १० सम्मका ८०० सेट र कक्षा १ देखि ५ सम्मका ८०० सेटका सम्पूर्ण पाठ्यपुस्तक आइपुगेको रोकायाले जानकारी दिनुभयो । कक्षा ६ देखि १० का पाठ्यपुस्तकहरु प्रदेश सरकारबाट आउने र १ देखि ६ सम्मका पुस्तक निजी प्रकाशनबाट आउने गरेको रोकायाले बताउनुभयो । १ देखि ५ सम्मका ४०० सेट मौज्दात रहेको उहाँको भनाइ छ ।
जुम्लामा विद्यालय भर्ना अभियानसँगै विद्यालय खुल्ने क्रम जारी रहेकाले यो वर्ष पर्याप्त मात्रामा समयमै पाठ्यपुस्तक पुग्दा विद्यार्थीलाई पठनपाठनमा सहज हुने भएको छ । जिल्लामा जिपी स्टेशनरीले पुस्तक खरीदको जिम्मा लिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ जुम्लाका प्रमुख महेशदत्त देवकोटाले विगतका वर्षजस्तै पुस्तकबाट विद्यार्थीलाई समस्या नहुने बताउनुभयो । केही दिनभित्र जुम्लाका सम्पूर्ण विद्यालयमा सममयै पुस्तक जाने उहाँको भनाइ थियो ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया