भारत–पाक टेन्सनः भारतले पाकिस्तानतिर बग्ने तीन नदीमा आफ्नो भागको पानी रोक्ने

समाधान संवाददाता २०७५ फागुन १० गते १२:३४

एजेन्सी

भारतले पाकिस्तानमा जाने तीन वटा नदीमा आफ्नो भागमा पर्ने पानी अब रोक्ने भएको भएको छ।

Advertisement

फेब्रुअरी १४ मा जम्मु(कस्मिरको पुलवामामा भएको आतंककारी हमलापछि पाकिस्तानप्रति निकै आक्रामक भइरहेको भारत सरकारले इन्दस जल सम्झौताअनुसारको पानी रोकेर आफ्नो भू(भागमा ल्याउने निर्णय गरेको हो।

केन्द्रीय जलस्रोत मन्त्री नितिन गडकरीले रवी, बेइज र सतलज नदीमा भारतले पाउनु पर्ने पानी अब पाकिस्तानतिर बग्न नदिएर जम्मु कस्मिर र पञ्जाबमा प्रयोग गर्ने बताएका छन्।

Advertisement

१९६० को इन्दस जल सम्झौताअनुसार सतलज, बिज र रवी नदीको पानी भारतले नियन्त्रण गर्छ भने जेलुम, चेनाव र इन्दसको पानीमाथि पाकिस्तानको नियन्त्रण हुन्छ।

सन्धीअनुसार भारतले पाउने पानीमध्ये अहिले ९५ प्रतिशतभन्दा कम पानी प्रयोग भइरहेको छ। बाँकी पानी पाकिस्तानतर्फ बगरे जान्छ। भारतले अब त्यो बाँकी पानी पनि पाकिस्तान जान नदिने भएको हो।

२०१६ को उरी हमलापछि प्रधानमन्त्री नरेन्द्र मोदीले पानी र रगत एकसाथ बग्न नसक्ने बताएका थिए।

त्यसपछि यी तीन नदीको पानी रोक्न तीन ठाउँमा बाँध बाँध्ने योजना फास्ट ट्र्याकबाट पारित गरिएका थिए। अहिले ती बाँध निर्माणको काम भइरहेको छ।

तपाईको प्रतिक्रिया