दिल्लीको एपोलो अस्पतालमा नेपाली बिरामीलाई सहुलियत

समाधान संवाददाता २०७५ फागुन ११ गते ९:३५


समाधान संवाददाता

भारतको दिल्लीस्थिते एपोलो हस्टिपलले नेपाली बिरामीलाई भारतीय नागरिक सरहको शुल्कमा नै उपचार गराउने जनााएको छ ।

शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी हस्टिपलका बालरोग तथा युरोलोजी वरिष्ठ सर्जन डा. सुजित चौधरीले अन्य मुलुकका बिरामीलाई अतिरिक्त शुल्क लाग्ने गरेकोमा नेपालीलाई भने त्यसो नगरिएको बताए ।

Advertisement

रोबोटको माध्यमबाट सरल तरिकाले युरोलोजीका बिरामीहरुको सफल शल्यक्रिया गरिरहेको अस्पतालमा गुणस्तरीय सेवा प्रदान भएकै कारण बिरामीको चाप बढिरहेको डा. चौधरीले बताए । परम्परागत शल्यक्रियाभन्दा रोबोटबाट गरिने शल्यक्रियाबाट बिरामीलाई धेरै असर नगर्ने, हस्पिटल धेरै बस्नु नपर्ने भएका प्रभावकारी हुँदै गएको दाबी गरे ।

कतिपय बालबालिकामा जन्मदेखि नै मुत्ररोग समस्या हुने भन्दै उनले बेलैमा रोग पत्ता लगाएर उपचार गर्न नसकेका वयस्क अवस्थामा मृगौला नै खराब हुने अवस्था आउने बताए ।

Advertisement

‘पिसाब चुहिने, रगत आउने समस्या बच्चामा देखिरहेको हुन्छ,’ उनले भने, ‘शल्यक्रियाबाहेक यसको अन्य उपचार सम्भव छैन ।’ अभिभावकहरु आफ्नो बच्चाको पेट चिरेर अप्रेसन गर्न डराउने भएकाले सानो प्वाल पारेर रोबोर्टिक सर्जरी मार्फत उपचार थालिएको उनको भनाइ थियो ।

युरोलोजीका बिरामीलाई सेवा दिँदै आएको हस्टिपटलले सिंगापुर, अस्ट्रेलिया, अमेरिका लगायत विकसित मुलुकको तुलनामा सुपथ मूल्यमै सफल उपचार गरिरहेकोे डा. चौधरीले दाबी गरे । उनले भने, ‘प्रविधि उही हो तर हामीले बाहिर मुलुकको तुलनामा निकै कम शुल्कमा शल्यक्रिया गर्छौं ।

एउटै उपकरण, उस्तै सेवामा गरिने उपचार शुल्क अन्य मुलुकमा १ करोडसम्म लाग्छ तर एपोलो हस्टिपटलले २० लाख भारतीय रुपैयाँसम्ममा प्याकेज अनुसार उपलब्ध गराउने हस्पिटलका युरोलोजी तथा रोबोटिक सर्जन डा. अशुंमान अग्रवालले जानकारी दिए । उपचारको लागि आउने ९० प्रतिशत बिरामीको उपचार सफल भएको डा. अग्रवालको दाबी छ ।

तपाईको प्रतिक्रिया