आहा रारा गोल्डकप- एपीएफ सेमिफाइलनमा प्रवेश

समाधान संवाददाता २०७५ फागुन ११ गते १८:२५

समाधान संवाददाता

आहा रारा गोल्डकपको पहिलो क्वाटरफाइनल खेलमा विभागीय टोली सशस्त्र (एपीएफ) विजयी भएको छ । मनाङ मस्र्यांदी क्लबलाई शून्यका विरुद्ध १ गोलले एपीएफ विजयी भएको हो । जितसँगै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको ७० औं मिनेटमा ७७ नम्बर जर्सीका खेलाडी प्रदीप लामाले हेडिङमाफर्त गरेको गोलले एपीएफलाई जिताएको हो । कर्नरबाट सन्तोष श्रेष्ठलले दिएको पासलाई लामाले हेड गर्दै पोस्टको जाली चुमाए । लामा प्रतियोगिताको म्यान अफ दि म्याच घोषित भएका छन् ।

Advertisement

खेलको अधिकांश समय दबाबमा रहेर पनि पाएको मौकालाई सदुपयोग गर्दा जितेको एपीएफका टिम प्रशिक्षक रत्नकाजी महर्जनले बताए । उनले भने, ‘पहिलो हापमा भनेजस्तो मुभ गर्न सकेनौं । तर दोस्रो हापमा त्यसलाई सुधार गर्‍यौं र खेल जित्यौं ।’

महर्जनले टिममा नयाँ खेलाडी भएपनि राम्रो सामुहिक समन्वय भएका बताए । ‘हाम्रा ३-४ जना कोही राष्ट्रिय खेल र कोही घाइते हुनुहुन्छ,’ उनले भने, ‘नयाँ भएर पनि एकदम राम्रो खेले ।’ उनले नयाँ खेलाडीलाई दिएको मौका एकदमै राम्रो तरिकाले पूरा गरेको बताए ।

Advertisement

मनाङ मस्र्यांदी क्लब पछिल्लो समय खेल खस्किरहेको छ । पहिलेजस्तो क्लबले पनि खेल प्रदर्शन गर्न नसकिरहेको प्रशिक्षक टोपे फुजाले स्वीकारे । उनले भने, ‘लिग गेमपछि हामीले लगातार हारिरहेका छौं । यो राम्रो होइन । खेल सुधार्न जरुरी छ ।’

फुजाले खल अवधिभर केही राम्रा अवसर पाए पनि त्यसलाई गुमाउनाले हार्नुपरेको बताए । ‘तुलनात्मक रुपमा हामीले राम्रो खेलेकै हो तर कसरी, कसरी हामीले हार्नुपर्‍यो,’ उनले भने । यसअघि एपीएफले आयोजक सहारा क्लबलाई पराजित गरेर क्वाटरफाइनलमा प्रवेश गरेको थियो । निधारित समयमा १–१ को बराबरी र ट्राइब्रेकरमा पनि बराबरी भएपछि सडन डेथमा पुगेर एपीएफ विजयी भएको थियो ।

आइतबार हुने दोस्रो क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा भिड्नेछन् । शेर्पा प्रिक्वाटरफाइनल खेलमा धरान फुटबल क्लबलाई १–० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।
तस्बिर- युनिश गुरुङ-समाधान

तपाईको प्रतिक्रिया