डिक्राले सुनाइन् ठाडोभाका

समाधान संवाददाता
सुदूरपश्चिमकी लोकगायिका डिक्रा बादीले शनिबार काठमाडौंमा अर्गानिक स्वादका डेउडा गाएर दर्शकलाई भावुक बनाइन् । पर्यटनकर्मी युवाको संस्था कन्सेप्ट नेपालले आयोजना गरेको कार्यक्रममा उनले १० वटा गीत सुनाइन् ।
उनले ५ वटा ठाडो भाका र ५ वटा दोहोरी गीत गाएकी हुन् । विरह र वेदनाका ठाडो गीत सुन्दा दर्शक भावुक बने भने दोहोरी गीतमा रमाइलो माने । उनलाई संगीतकार पति कित्थ्या बादी र गायिका झुमा लिम्बुले दोहोरी गायनमा साथ दिए ।
दशकदेखि ओझेलमा परेकी लोकगायिकालाई गायनमा पुनरागमन गराउन काठमाडौं ल्याइएको एकल डेउडा गायन कार्यक्रमका संयोजक अमृत भादगाउँलेले जानकारी दिए । कार्यक्रमका सहआयोजकमा रैथाने संगीत समूह काठमाडौं र अली मियाँ लोक वाङ्मय प्रतिष्ठान पोखरा थिए ।
लोकगायिकालाई नगद ५० हजार रुपैयाँ र कदरपत्र प्रदान गरेपछि कार्यक्रम सुरु भएको थियो । संगीतकार बुलु मुकारुङले कदरपत्र र कवि श्यामलले नगद हस्तान्तरण गरेका थिए भने लोकगायिकाको जीवनका आरोह एवं अवरोहबारे कवि एवं सांस्कृतिक अध्येता हेमन्त विवशले प्रकाश पारे ।
एकल गायनमा संगीतकारहरू शम्भु बानियाँ, हरि गुरुङ, पारसमणि सुवेदी, कृष्ण साउँदेन लिम्बु र सञ्जीव मैनालीको समूहले साथ दिएको थियो । कार्यक्रममा कलाकार देवु वोराले डिक्राको गीतमा भावात्मक नृत्य गरे । त्यहाँ उपस्थित दशर्कले चन्दा बाकसमा राखेको ४३ हजार ८ सय ७० रुपैयाँ पनि लोकगायिकालाई दिइयो ।
डिक्राको १ गीत रेकर्ड गर्न र भिडियो बनाउन गायिका शोभा थापाले आर्थिक भार व्यहोरिदिने घोषणा गरिन् । गीतकार हर्क साउँदले उनको उपचार गरिदिने प्रतिवद्धता गरे ।








इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया