कुश्मा–बलेवा यान्त्रिक पुल बन्द, १० लाख घाटा हुने अनुमान

समाधान संवाददाता २०७५ फागुन १२ गते ९:२३
oflGqs k'n kj{tsf] ;b/d'sfd s'Zdfahf/ / afun'ªsf blIf0fL If]q an]jf hf]8g] s'Zdf–an]jf oflGqs k'n . lghL If]qsf] nufgLdf ljut ^ jif{b]lv ;~rfngdf cfPsf] of] k'naf6 b}lgs kfFr ;oeGbf a9Ln] cf]xf]/bf]xf]/ ug]{ u/]sf 5g . t:jL/ M nIdLk|;fb ;fksf]6f, kj{t, /f;;

रामकृष्ण लामिछाने

कुश्मा–बलेवा यान्त्रिक पुल शुक्रबारदेखि बन्द भएको छ । यान्त्रिक पुल नियमित मर्मतका लागि बन्द गरिएको हो । नियमित मर्मत सुधारका लागि सेवा बन्द गर्नुपरेको यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

पर्वतको सदरमुकाम कुश्माबाट बागलुङ नगरपालिका १४ बलेवासम्म जोडिएको उक्त पुलबाट दैनिक ५ सय जना आवातजावत गर्छन् । पुलका लठ्ठा खिइँदै जाने भएकाले १-१ वर्षमा परिवर्तन गरिन्छ । पुल मर्मत गर्न कम्तीमा १ हप्ता लाग्ने अध्यक्ष श्रेष्ठले बताउँछन् । भारतबाट प्राविधिक र लठ्ठा मगाएर मर्मतको काम थालिएको श्रेष्ठको भनाइ छ ।

Advertisement

यान्त्रिक पुल बन्द हुँदा बडागाउँ–कैया झोलुंगे पुलको प्रयोग गरी १ घन्टाको पैदल बाटो यात्रा गर्न स्थानीय बाध्य छन् । उक्त पुल दक्षिणी बागलुङका १ दर्जन गाउँका बासिन्दाले प्रयोग गर्दै आएका छन् । पुलमात्रै आकर्षणको केन्द्र बनेकाले पुल हेर्न आन्तरिक तथा बाह्य पर्यटकसमेत आउने गरेका छन् ।

पर्वतमा अहिले मगर महोत्सव र बागलुङमा बलेवा महोत्सव चलिरहेको छ । यात्रुको चाप बढिरहेका बेला पुल मर्मतका लागि बन्द हुँदा १ हप्तामा पुललाई करिब १० लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ ।

Advertisement

उक्त पुल २०६८ सालमा करिब ४ करोडको लागतमा निर्माण गरिएको हो । १ डब्बामा ८ जना गरी २ वटामा १६ जना मानिस एकपटकमा आवातजावत गर्न मिल्छ । उक्त पुल बन्द हुँदा यात्रुलार्ई असहज भएको छ ।

तपाईको प्रतिक्रिया