हिमपातले खाद्यान्न संकट, डोजर लगाएर बाटो खोलिदै

समाधान संवाददाता २०७५ फागुन १२ गते १८:३०

सुन्दरकुमार थकाली,मुस्ताङ

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउपालिका वडा नम्बर ३ घिलिङ गाउमा तत्काल खाद्यान्न संकट टार्न सडकमा थुप्रीएको ३ फिट हिउँ आईतबार डोजर र स्थानीयको सहयोगमा पन्छ्याई मालबाहक सवारी ओहोर दोहोर गर्ने ट्याक खोलिएको छ ।

गाउँ पालिकाको स्वीकृतीमा वडाअध्यक्ष सम्देनधावा गुरुङसहित घिलिङ्बासीले कालिगण्डकी नदिको घिलिङ खोलादेखि घिलिङ गाउँ सम्मको करिव १० किलोमिटर सडकको हिउँ पन्छ्याईएको वडाअध्यक्ष गुरुङ्ले जानकारी दिए । वडाअध्यक्ष गुरुङका अनुसार हिउँदयाम अघि जोहो गरिएको रासनपानी सकिएको र हिउदपछि जोहो गरिने नया रासनपानी भित्र्याउन डोजर लगाई हिउँ सफा गर्नु परेको हो । उनले थप हिउँ नपरे एकसाता भित्र रासनको आपुर्ती हुने बताए ।

Advertisement

उपल्लो मुस्ताङमा यो सिजन ७ औ पटक लगातार हिउँ परेको हो । लगातार परेको हिउले उपल्लो मुस्ताङको करिव ८० किलोमिटर सडकमा बाक्लो हिउँ जमेको वडाअध्यक्ष गुरुङ्ले जानकारी दिए । उनले गाउलेले मात्रै हिउँ सफा गर्न मुश्किल पर्ने भएकाले डोजर भाडामा लिएर हिउँ सफा गरेको बताए । सोही वडाको स्याङ्वोचे हुँदै सफा गर्ने भनिएको हिउँ समर भियनामा ५ फिट बाक्लो हिउँ जमेकाले खोलाको अर्को बाटोको बिकल्प रोज्नु परेको उनको भनाई छ ।

हिउदयामको जाडो छल्न बेशी झरेका मुस्ताङी बिस्तारै गाउँ फर्कदै छ्न। बेशीबाट गाउँ उक्लदै गरेका उपल्लो मुस्ताङ्बासीलाई सडकको थुप्रीएको हिउँले समस्यमा पारेको ध्येका वडा सदस्य पासाङ गुरुङ्ले बताए । यसअघि लोघेकर दामोदरकुण्ड गाउपालिका स्थानीयले ३ पटक सम्म चराङ खोला देखि चराङ सम्म सडकको हिउँ पन्छ्याएका थिए । लोमान्थाङ्बासीले पनि खाद्यान्न ढुवानी गर्नका लागि शुक्रबार सडकमा जमेको हिउँ पन्छ्याएको प्रदेससभा सदस्य ईन्द्रधारा बिष्ट्ले जानकारी दिए । उनले थप हिउँ नपरे कालिगण्डकी खोलाको बाटो हुँदै मालबाहक ट्रकले खाद्यान्न ढुवानी गर्न सक्ने अवस्था रहेको बताए ।

Advertisement

उपल्लो मुस्ताङमा हिउँदयाम पुरै सडक नचल्दा स्थानीय साथसाथै सरकारी कार्यालय तथा सुरक्षाकर्मीलाई असहज भएको मुस्ताङका प्रहरी नायब उपरिक्षक महेन्द्र खड्काले बताए ।

उपल्लो मुस्ताङमा गत मसिर महिना देखि सार्बजनिक सवारी बन्द भएको छ । वारागुङ गाउपालीको छुसाङ, चैले, समर र स्यावोचे गाउको बस्ती हुँदै सार्बजनिक तथा पर्यटक जीप उपल्लो मुस्ताङ पुग्थे । यस्तै मालबाहक ट्रक भने छोटो दुरिको कालीगण्डकी तिरैतिर उपल्लो मुस्ताङ पुग्ने गरेको उपल्लो मुस्ताङ जीप ब्यवसाय समितिका अध्यक्ष देव गुरुङ्ले जानकारी दिए । उनले सिजन सुरुभएपनि सडकमा बाक्लो हिउँ जमेकाले बैशाखबाट मात्र जीप संचालनमा ल्याईने जनाए । उपल्लो मुस्ताङमा करिव ३ दर्जन जीपले पर्यटकलाई सेवा दिदै आएका थिए ।

तपाईको प्रतिक्रिया