वडा सचिव बस्नेतको निधन

समाधान संवाददाता २०७५ फागुन १३ गते १३:५२

समाधान सम्वाददाता

पोखरा महानगर पालिका वडा नम्बर १८ का वडा सचिव मन्जुबहादुर बस्नेतको निधन भएको छ । पोखरा महानगर पालिका वडा नम्बर १६ बाटेलेचोरका बस्नेतको आफ्नै घरमा सोमबार बिहान निधन भएको हो ।

५५ बर्षिय बस्नेत विगत ३२ बर्ष देखि पोखरा महानगर पालिकामा कार्यरत थिए । ४३ सालबाट सेवा थालनी गरेका उनी ०४७ साल देखिका स्थायी कर्मचारी हुन । उनले पोखराका विभिन्न वडामा वडा सचिव बनेर सेवा गरेका छन् ।

Advertisement

उनको मृत्यु हृदयघातका कारण भएको पारिवारिक श्रोतले बताएको छ । आइतबार साँझ पोखराको एक होटलमा आफन्तको विवाह भोजमा सहभागी बनेका उनी राती घर गएर सुतेका थिए । निदाउदा घुर्ने बानी भएका मन्जु घुरेको नसुनेपछि उनका छोरा विहान ४ बजेतिर उनको कोठामा पुगेका थिए । छोरा कोठामा पुग्दा उनी गम्भीर अवस्था पुगिसकेको र केही क्षण मै मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया