अनिलको ह्याट्रिक, थ्रीस्टार सेमीफाइनलमा

समाधान संवाददाता २०७५ फागुन १३ गते १९:५०

समाधान सम्वाददाता पोखरा

Advertisement

पोखरेली फुटबल स्टार अनिल गुरुङ आफ्नै गृह मैदानमा चम्किदा भारतीय टिम देश फर्कन बाध्य भएको छ । सोमबार अनिलले ह्याट्रिक गरेपछि रुस्लान थ्री स्टार क्लब पोखरामा जारी १७ औं संस्करणको आहा रारा गोल्कडप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा सोमबार सम्पन्न तेश्रो क्वाटरफाइनल खेलमा थ्री स्टारले भारतको सिक्किम युनाइटेड फुटबल क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्यो । मनकामना पोखरा कपमा खेल्न नभएको थ्रि स्टारले आहा रारा गोल्डकपमा धमाकेदार शुरुवात गरेको छ ।

सुशिल राईलाई फल गरेपछि थ्री स्टारले पेनाल्टीको मौका पाएको थियो । जसलाई २४ औं मिनेटमा अनिल गुरुङले सदुपयोग गरेर क्लबलाई अग्रता दिलाएका थिए

अनिलले खेलको २४ औं मिनेटमा गोल गर्दै जारी सिजनमा थ्री स्टारका लागि पहिलो गोल गरेका हुन् । खेलको ५० औं मिनेटमा अनिलले क्रस गरेको बललाई सिक्किमका खेलाडीले क्लियर गर्न खोज्दा आत्मघाती गोल भएपछि थ्री स्टारले खेलमा २–० को अग्रता बनाएको थियो । ७० औं मिनेटमा विपक्षी डिफेन्डरको गल्तीको फाइदा उठाउदै मार्टिनले गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए ।

Advertisement

८१ औं मिनेटमा अनिलले व्यक्तिगत दोस्रो गरे गरे । ४–० को फराकिलो अग्रता बनेको अवस्थामा थ्री स्टारले फेरि पेनाल्टी हान्ने मैका पायो र सो मौका सदुपयोग गर्दै अनिलले ह्याट्रिक पुरा गरे ।
८९ औं मिनेटमा सोनामले गोल गर्दै खेललाई ५–१ मा पुर्याए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा ओन छिरिङ लेप्चाले पेनाल्टी मार्फत गोल गर्दै खेललाई ५–२ मा ल्याएपनि हार टार्न सकेन । खेलमा ह्याट्रिक गरेका अनिल म्यान अफ दि म्याच घोषित भए । उनले ५ हजार नगद सहित ट्रफी प्राप्त गरे ।

अन्तिम क्वार्टफाइनल खेल मंगलबार क्यामरुनको दाउफिन्स र विभागी टोली नेपाल पुलिसवीच प्रतिस्पर्धा हुँदैछ । दाउफिन्सले यसअघि पोखरामै भएको मनकामना कपको उपाधी हात पारेको थियो ।

टोलीले सोमबार नै भएको तिलोत्तोमा गोल्डकपको फाईनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई नै सडन डेथमा ६(५ ले पराजित गर्दै उपाधीमा ह्याट्रिक गरेको छ । धरानमा भएको बुढासुब्बा कपको उपाधी पनि पाहुना टोली दाउफिन्सले नै हात पारेको थियो ।

तपाईको प्रतिक्रिया