दलबीचको बेमेल
मुलुकलाई संकट परेका बेला नेपालका राजनीतिक दलहरू १ हुन्छन् । यसको पुष्टि २०६२÷६३ को आन्दोलनपछि नै भइसकेको छ । तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश शासनविरुद्धको १९ दिने आन्दोलनपछि नेपालका सबै राजनीतिक दल एक ठाउँमा उभिए । तत्कालीन माओवादी हतियार बिसाएर सिधै संसद छि¥यो । खैरे पोसाकमा सार्वजनिक भएका पुष्पकमल दाहाल र बाबुराम भट्टराईहरुको बालुवाटारको भाषण सुन्दा लागेको थियो । अब मुलुक शान्तितिर उन्मुख भयो । केवल समृद्धिको नारा लिएर दलहरू अगाडि बढ्छन् । हुन पनि पुनस्र्थापित संसदमा प्रतिपक्ष नै नभएर संविधानसभाको चुनावी जग बस्यो । पहिलोपटक भएको संविधानसभाले संविधान बनाउन सकेन । दलकै सहमतिमा प्रधानन्यायाधीशलाई सत्ताको बागडोर सुम्पेर दलहरू अर्को चुनावमा होमिए । दोस्रो पटकको चुनावपछि पनि अन्योल कायम रहेकै बेला वैशाख १२ को भूकम्पले दलहरुलाई १ जुट हुने मौका जुरायो । त्यसको उपलब्धि मान्नुपर्छ २०७२ को संविधान ।
छोटो अवधिका लागि मिलेजस्तो
देखिने राजनीतिक दलहरू मुलुकलाई अग्रदिशामा उन्मुख गराउन भने चुकिरहेका छन् । यसको कारण हो, दीर्घकालीन सोचको कमी र मपाईंत्व । अनि अको मुख्य समस्या त दलभित्रकै किचलो । स्थानीय तहको चुनावी परिणामपछि संयुक्तरुपमा चुनावमा होमिएका तत्कालीन माओवादी र एमालेले संघीय र प्रादेशिक चुनावपछि एकताको घोषणा नै गरे । मुलुकमा २ तिहाइको सरकार गठन भयो । लामो समयदेखि राजनीतिक अस्थिरतामा गुज्रिरहेको मुलुकले अब स्थायित्व पाउने आशा नागरिकमा पलाएको भए पनि त्यसले मूर्त रुप लिनै पाएको छैन । नेकपाको एकीकरण प्रक्रिया पूरा नहुँदै कार्यदल भंग गरिएको छ । यसले नागरिकमा अर्को संशय पैदा गरेको छ । कतै फेरि यो दल फुटको संघारमा पुगेको हैन भनेर । नागरिक चाहन्छन्, यो बेलामा दल फुटेर हैन जुटेर अघि बढ्नुपर्छ ।
उता प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि आन्तरिक किचलोमै रुमलिएको छ । सरकारका कामकारवाहीप्रति निगरानी गर्दै पार्टीलाई मजबुत बनाएर अर्को चुनावमा सबलरुपमा प्रस्तुत हुनुपर्ने दल नै विधान संशोधनको नाममा रुमलिनुले पनि राजनीतिक अस्थिरताको संकेत गरिरहेको छ । हो, दलभित्र फरक मत र विचार भएकाहरू हुन्छन् । नेतृत्वको जिम्मेवारी भनेको कसैलाई निषेध गरेर अघि बढ्नु होइन् । नेतृत्वले त सबै विचार र भावनालाई समेटेर अघि बढ्न सक्नुपर्छ । अहिले मुलुकका २ ठूला दलहरुबीच यही समस्या उत्पन्न हुँदा शुभेच्छुकमा खिन्नता पलाएको छ । हामीसँगैका मुलुकहरू आर्थिक रुपमा कति सबल भइसक्दा पनि हामीहरु गरिबीको चपेटामा अलमलिनु परेको छ । मुुलुकलाई यो अवस्थाबाट पार लगाउने दलहरू आपसी रुपमा मात्र होइन, आन्तरिक रुपमा समेत मिलेर अगाडि बढ्नुको विकल्प छैन ।
तपाईको प्रतिक्रिया