मध्य मस्र्याङदीको अप्ठ्यारो हट्यो

समाधान संवाददाता २०७५ फागुन १५ गते ९:०४

कृष्ण न्यौपाने

मध्यमस्र्याङदी–दमौली–मस्र्याङदी १ सय ३२ केभी डबल सर्किट प्रशारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले २२ किलोमिटर प्रशारण लाइनको निर्माण गरी सोमबारबाट सञ्चालन (चार्ज) मा ल्याएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो प्रशारण लाइन सञ्चालनमा आएपछि समग्र प्रसारण प्रणालीको चुहावट घट्ने र प्रणालीको विश्वसनीयता बढ्ने बताए । मध्य मस्र्याङदी–मस्र्याङदी प्रशारण लाइन ओभरलोड हुँदा लमजुङस्थित निजी क्षेत्रका जलविद्युत आयोजनाबाट वर्षामा उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न नसकी खेर जाने सम्भावना रहँदै आएको थियो ।

Advertisement

अब भने मध्यमस्र्याङदी–दमौली–मस्र्याङदी लाइन सञ्चालनमा आएपछि विद्युत खेर जाने सम्भावना अन्त्य भएको उनले बताए । मस्र्याङदी–काठमाडौं र मस्र्याङदी–भरतपुर प्रशारण लाइनमा समस्या आउँदा प्राधिकरणका मध्यमस्र्याङदी, मस्र्याङदी सहित निजी क्षेत्रका आयोजनाको विद्युत प्रवाह गर्न नसक्ने अवस्था थियो । उनले भने, ‘अब त्यस्तो समस्या पनि अन्त्य भएको छ । अब ती आयोजनाको विद्युत दमौली सबस्टेसनमार्फत भरतपुर र पोखरातर्फ पठाउन सकिने भएको छ ।’

निजी क्षेत्रले लमजुङमा निर्माण गरेका आयोजनाको करिब ६६ मेगावाट विद्युत र प्राधिकरणको स्वामित्वमा रहेका मध्यमस्र्याङदी ७० मेगावाट तथा तल्लो मस्र्याङदी ६९ मेगावाट गरी २ सय ५ मेगावाट विद्युत् मध्यमस्र्याङदी–मस्र्याङदी प्रसारण लाइन हुँदै काठमाडौं र चितवको भरतपुरतर्फ प्रवाह हुँदै आएको छ ।

Advertisement

मध्यमस्र्याङदी–दमौली–मस्र्याङदी लाइन सञ्चालनमा आएपछि ती केन्द्रबाट उत्पादित विद्युतलाई पोखरा र भारतपुरतर्फ पठाउन सकिने आयोजना प्रमुख शुभारम्भ विक्रम शाहले बताए । उनले दमौली सवस्टेसनबाट दमौली– लेखनाथ र दमौली–भरतपुर प्रसारण लाइनमार्फत क्रमश पोखरा र दमौली–भरतपुरतर्फ विद्युत् पठाउन सकिने बताए । उनले भने, ‘यही आयोजना अन्तर्गत तनहुँको मार्कीचोकमा निर्माण भइरहेको १३२-३३ केभी सबस्टेसन केही दिनमै सञ्चालनमा ल्याउँदै छौ ।’

उनका अनुसार मस्र्याङदी, दमौली र मध्यमस्र्याङदी सबस्टेसनमा वे थपिएको छ भने मध्यमस्र्याङदीमा थपिएको यसबाट लमजुङको दोर्दी करिडोरमा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाको विद्युत पनि राष्ट्रिय प्रणालीमा जोड्न सकिनेछ ।

तपाईको प्रतिक्रिया