कुइबाङ कायापलट गर्ने योजना बन्दै

कृष्ण दवाडी
मर्दी हिमाल पदयात्रा मार्गमा पर्नेे माछापुच्छ«े गाउँपालिका ९ को कुइबाङ गाउँलाई ग्रामीण पर्यटनको केन्द्रका रुपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्ने योजना अघि सारिएको छ । समुद्र सहतबाट करीब २ हजार मिटरको उचाइमा अवस्थित सो गाउँलाई भौतिक, आर्थिक तथा सामाजिक विकासको माध्यमबाट नमूना गाउँ बनाउँदै पर्यटक तान्ने योजना बुनिएको हो । पोखरा बागलुङ राजमार्गको पोखरा २५ मिलनचोकबाट मर्दीखोलाको किनारै किनार हुँदै १५ किलोमिटर कच्ची सडक पार गरेपछि कुइबाङ गाउँ पुगिन्छ ।
पछिल्लो समय मिलनचोकबाट लुम्रेसम्मको सडक विस्तार र कालोपत्रेको लागि काम अघि बढेपछि पूर्वाधार निर्माणमा सहज हुने र पर्यटक आगमन पनि बढ्ने विश्वासले गाउँलाई नमूना बनाउने काममा स्थानीय जुटेका छन् । ‘कुइबाङ एकीकृत विकास परियोजना’का माध्यमबाट मर्दी हिमाल क्षेत्र तथा माछापुच्छ«ेमा आउने पर्यटकको मुख्य गन्तव्यका रुपमा गाउँलाई विकास गर्ने गरी गाउँको मुहार फेर्ने काम अघि बढाइने वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले बताए ।
उनले भने, ‘पर्यटन र कृषिका माध्यमबाट गाउँलाई ग्रामीण पर्यटनको गन्तव्य बनाउने र स्वरोजगारका माध्यमबाट आर्थिकरुपमा आत्मनिर्भर बनाउँदै गाउँलाई नमूना बनाउँछौं ।’ गुरुङ, मगर, ब्राह्मण र परियार गरी ६४ घरधुरी रहेको सो गाउँमा होमस्टे (घरवास) लाई पनि जोड दिँदै घरवासको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने योजना वडाले बुनेको छ । गाउँको भौतिक पूर्वाधार विकासको योजना अन्तर्गत ३ मिटर चौडाइको ७६ मिटर सिँढी बाटो, २ मिटरको १ सय ७६ र र १ दशमलब ५ मिटर चाक्लो ३ सय ३४ मिटर सिँढी बाटोमा ढुंगाको छपनी बिछ्याउने र वरिपरि फूलका बिरुवा रोपेर रमणीय बनाउने योजना अघि सारिएको छ ।
गाउँमै रहेको भएर मन्दिर, गुफा र चिया बगानसम्म पुग्ने करिब १ हजार १ सय मिटर बाटोमा पनि ढुंगाकै छपनी बिछ्याउने योजना अघि सारिएको छ । विस्तृत आयोजना प्रतिवेदन(डिपिआर) तयार गर्न ९० लाख लागत लाग्ने बताइन्छ । गुरुङ समुदायको बाहुल्यता रहेको गाउँमा वटा सांस्कृतिक घर निर्माण गर्ने, परम्परागत प्रविधिसहितको १ घरलाई सङ्ग्रहालय बनाउने, गाउँको पश्चिमपट्टीबाट लामो झोलुंगे पुल निर्माण गरी अर्को पर्यटकीय घले गाउँलाई जोड्ने, आकर्षक स्वागत द्वार तथा होमस्टेका लागि घरको निर्माण तथा खेलमैदान परियोजनमा समेटिएको छ ।
चालू आवमा वडाका ७ लाख बजेटबाट काम सुरु गरिएको र यसलाई क्रमिक रुपमा पूरा गरिने योजना छ । ‘यो काम एकै वर्षमा सम्पन्न हुने होइन । प्रदेश सरकार, गाउँपालिका र स्थानीयको सहयोगमा ३ वर्षभित्रमा यसलाई सम्पन्न गर्दछौं,’ क्षेत्रीले भने । सांस्कृतिक घर, संग्रहालय तथा झोलुंगे पुल लगायतको डिपिआर निर्माणको योजनामा रहेको बताइन्छ । होमस्ेट व्यवस्थापन तालीम, एकीकृत कृषिका लागि तालिम तथा प्रविधि हस्तान्तरण, सामाजिक विभेद अन्त्यका कार्यक्रम युवा जागरण तालिम, परम्परागत सीपको प्रयोग गरी घरेलु उद्योगको विकास, अल्लोको प्रशोधन धागो काढ्ने कपडा बुन्नको लागि आवश्यक तालीम तथा आमासमूह, क्लब तथा टोल विकास संस्थालाई सक्रिय बनाउने अघि सारिएको छ ।
आर्थिक विकासका लागि अर्गानिक कृषि उत्पादन गर्ने, चिया, कफी र अलैँचीका बगानलाई विस्तार गर्ने, घरेलु उद्योगको विकास गर्ने, अल्लोको कपडा बुन्नको लागि एक घर एक तान कार्यक्रमलाई अनिवार्य गरी स्वावलम्बी बनाउने र पशुपक्षी पालनलाई व्यवस्थित र व्यावसायिक बनाउने योजना यस अन्तर्गत छ । गाउँका कम्तीमा ३५ घरमा होमस्टे सञ्चालन गरी प्रांगारिक उत्पादन परिकार पर्यटकलाई पस्कने योजना रहेको कुइबाङ टोल विकास संस्थाका अध्यक्ष पूर्णबहादुर गुरुङ बताउँछन् । ‘पर्यटन र कृषिलाई सँगसँगै जोडेर जुन योजना पस्केका छौँ । प्राङ्गारिक उत्पादनलाई प्राथमिकता दिएका छौं । यहाँ आउने पर्यटकलाई यहीको उत्पादनबाट सेवा गर्छौं,’ गुरुङले भने ।
परियोजना घोषणा कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले मर्दी र माछापुच्छ«े हिमालको नजिकै रहेको र पदयात्रा मार्गमा पर्ने सो गाउँमा अघि सारिएको परियोजना कार्यान्वयन असम्भव नरहेको बताए । उनले भने, ‘यहाँहरूले जुन योजना अघि सार्नुभएको छ । यसको कार्यान्वयन जटिल छैन । पर्यटकलाई आकर्षिक गर्ने थुप्रै कुरा छन् । कार्यक्रममा सहयोग गर्न सरकार तयार छ ।’
माछापुच्छ«े गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले एकीकृत विकासको योजना गाउँलाई सुहाउँदो रहेको र पूरा गर्न सकिने खालका योजना रहेकाले गाउँलाई नमूना बनाउन सकिने धारणा राखे । आगामी वर्षको बजेट तथा नीति कार्यक्रम अघिनै गाउँको आवधिक योजना निर्माणको तयारीमा गाउँ सरकार रहेको भन्दै अध्यक्ष गुरुङले यस परियोजनालाई पनि समेटिने बताए ।
तपाईको प्रतिक्रिया