माछापुच्छ«े क्रिकेटमा लेखनाथ मस्किटर्सको विजयी यात्रा

समाधान संवाददाता २०७५ फागुन १५ गते ९:१०

समाधान संवाददाता

माछापुच्छ«े क्रिकेट क्लबको आयोजनामा मंगलबारदेखि पोखरामा दोस्रो माछापुच्छ«े क्रिकेट लिग सुरु भएको छ । गण्डकी प्रदेश सरकारका प्रमुख सचिव लक्ष्मीराम पौडेलले ब्याटिङ तथा गण्डकी प्रदेशका उपसचिव डिल्लीराम सिग्देलले बलिङ गरी प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिता उद्घाटनपछि प्रमुख सचिव पौडेलले नेपालमा क्रिकेट खेलले छोटो समयमै लोकप्रियता हासिल गरेको बताए । यस खेलमा बढेको लोकप्रियतासँगै राष्ट्रले पनि यो खेलमा सफलता प्राप्त गरेको पौडेलको भनाइ थियो । खेलकुद र अनुशासन एकअर्काका पूरक भएको बताउँदै प्रतियोगितामा सहभागी खेलाडीलाई अनुशासन पालना गरी कौशल प्रस्तुत गर्न उनले आग्रह गरे ।

नदीपुरस्थित प्रदेशसभा भवन पछाडि क्रिकेट मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा लेखनाथ मस्किटर्सले आरके भिक्टोरियन्सलाई १० रनले पराजित गरेको छ । पहिलो ब्याटिङ गरेको लेखनाथले पूरा २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३६ रनको योगफल तयार पारेको थियो । उसका लागि अश्विनी रानाले सर्वाधिक ७६ रनको योगदान दिए । बलिङतर्फ १ विकेटसमेत हात पारेका राना म्यान अफ दि म्याच भए ।

Advertisement

आरके भिक्टोरियन्सका तर्फबाट सचिन अधिकारीले सर्वाधिक ४५ रन बनाए । भिक्टोरियनका खालिकले टिमका लागि २ विकेट लिए । जितसँगै लेखनाथले २ अंकका साथ लिगमा खाता खोलेको छ । प्रतियोगितामा बुधबार बिहान लेखनाथ र राइजिङ लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा आरके भिक्टोरियन्स, सिएनडी वारियर्स, पर्वन टाइटान्स, फिस्टेल स्टार्स, लेखनाथ मस्किटर्स र राइजिङ लायन्स उपाधिका लागि एकआपसमा भिड्नेछन् । यसपटकको च्याम्पियन टिमले नगद ३ लाख तथा उपविजेताले नगद १ लाख ५० हजारसहित सिल्ड, मेडल प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट खेलाडी, बलर, ब्याट्सम्यान लगायतले स्काइस्पोर्टस्को प्याकेज प्राप्त गर्नेछन् ।

Advertisement

तपाईको प्रतिक्रिया