को हुन् ती ७ जना, जसलाई भारतीय हवाई हमलाको समयतालिका थाहा थियो

समाधान संवाददाता २०७५ फागुन १५ गते ११:०६

बिहान ३ बजेर ४० मिनेटदेखि ५३ मिनेटसम्म भएको हमलामा मिराज लडाकु विमान प्रयोग भएको पत्रिकाले लेखेको छ । भारत प्रशासित कश्मीरको पुलवामामा सुरक्षाकर्मीमाथि भएको आत्मघाती आक्रमणपछि भारतले पक्कै पनि कुनै कारबाही गर्ने ठानिएको थियो ।

को हुन् ती ७ जना ?
भारतको गुप्तचर निकाय ‘र’ लाई चरमपन्थीको शिविर निश्चित गर्ने जिम्मेवारी दिइएको थियो । ‘र’ ले त्यस्ता छवटा शिविरबारे जानकारी दियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हवाई आक्रमणको निम्ति १८ फेब्रुअरीमै अनुमति दिइसकेका थिए ।

गुप्तचर निकायका अधिकारीहरूका अनुसार उक्त हमलाको समयबारे सातजना व्यक्तिलाई मात्र थियो । जसमा प्रधानमन्त्री मोदी, उनका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, स्थलसेना, वायुसेना, नौसेना, इन्टेलिजेन्स ब्युरो तथा ‘र’ का प्रमुख छन् ।

Advertisement

पाकिस्तानी सेनालाई भ्रममा पार्न भनेर भारतीय वायुसेनाले २२ फेब्रुअरीदेखि नै सीमानजिकै रहेका हवाई आधारमा आफ्ना लडाकु विमानको उडान राति गराउन थालेको थियो ।

उच्च सतर्कता
त्यसको ३ दिनपछि जासुसी निकायबाट बालाकोटस्थित शिविरमा जैश ए मोहम्मदका ३ सयदेखि साढे ३ सयजना चरमपन्थी रहेको सूचना आयो । त्यसपछि वायुसेनालाई अघि बढ्ने संकेत दिइयो । टाइम्स अफ इन्डियाका अनुसार पाकिस्तानको बालाकोटमा भारतीय आक्रमणपछि पाकिस्तानले जबाफी कारबाही गर्ने आशंकालाई दृष्टिगत गर्दै दिल्ली, मुम्बई र अन्य ५ स्थानलाई आउँदो ७२ घन्टाको निम्ति उच्च सतर्कताको अवस्थामा राखिएको छ । पत्रिकाले सूत्रलाई उद्धृत गर्दै तीमध्ये पन्जाब, राजस्थान र गुजरात रहेको उल्लेख गरेको छ ।

Advertisement

पन्जाबको गुरदासपुर, तरनतारन, अमृतसर, फिरोजपुर र फजिल्कामा पनि स्थानीय प्रशासनले संकटको सामना गर्ने तयारी सुरु गरेको छ । गुजरातका मुख्यमन्त्री विजय रुपाणीले मंगलबार एन्टी टेरोरिस्ट स्क्वाड र गुप्तचर संस्थाका अधिकारीसँग बैठक गरेर अवस्थाको समीक्षा गरेको समाचारमा उल्लेख छ ।
बिबिसी हिन्दीबाट

तपाईको प्रतिक्रिया