ब्रेकिङः मन्त्री अधिकारी सवार हेलिकप्टर सम्पर्कविहीन

समाधान संवाददाता २०७५ फागुन १५ गते १४:१८

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारी ताप्लेजुङ जाने क्रममा सवार एयर डाइनेष्टीको हेलिकप्टर सम्पर्कविहीन भएकाे छ ।

तेह्रथुमको चुहानडाँडामा विमानस्थल निर्माण सम्भाव्यता अध्ययन गर्न काठमाडौंबाट उडेको हेलिकप्टर सम्मपर्कविहीन भएकाे समाचार आएको छ । ताप्लेजुङको दाह्रेडाँडामा ठूलो आवाज सहित आगो बलेको सूचना आएपछि स्थानीय प्रहरी र स्थानीयवासी त्यसतर्फ लागेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

६ जना सवार हेलिकप्टरको दुर्घटनाबारे अपडेट बाँकी छ ।

Advertisement

तपाईको प्रतिक्रिया