मालेपाटन स्थित सूर्यचन्द्र बाटिकालाइ रवीन्द्र स्मृति बाटिका नामाकरण गरिने

समाधान संवाददाता २०७५ फागुन १६ गते १२:१२

समाधान संवाददाता, पाेखरा

पोखरा ५ स्थित सूर्यचन्द्र विकास समाजको बुधबार बसेको आकस्मिक बैठकले सूर्यचन्द्र वाटिकालाई रवीन्द्र स्मृति बाटिका नामकरण गर्ने निर्णय गरेको छ । बैठकले ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पोखरा ५ निवासी संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित निधन हुने सबैमा श्रद्धाञ्जलीसमेत व्यक्त गरेको छ ।
सूर्यचन्द्र विकास समाजले बनाएको बाटिका मन्त्री अधिकारीले गत साउन ११ गते उद्घाटन गरेका थिए । बैठक संस्थाका अध्यक्ष अध्यक्ष गायत्री भुत्र्यालको अध्यक्षतामा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया