टुँडिखेलको श्रद्धाञ्जली सभा स्थगित, पोखरामा भोलि बिहान ११ बजे हुने

समाधान संवाददाता २०७५ फागुन १६ गते १७:३०

समाधान संवाददाता

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव परीक्षण गर्न समय लाग्ने भएपछि आजै हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम भोलि सरेको छ ।

त्यस्तै, पोखरामा भोलि बिहान ८ बजे भनिएको शोक सभा ११ बजेका लागि सारिएको नेकपा गण्डकीले जानकारी दिएको छ ।

Advertisement

सेनाको हेलिकप्टरमार्फत बिहिबार दिउँसो काठमाडौं ल्याइएका शवको त्रिवि शिक्षण अस्पतालमा शव पोस्टमार्टम गर्न १० देखि १५ घन्टा लाग्ने भएकाले आजका लागि निर्धारित कार्यक्रम भोलि बिहान ८ बजेका लागि सारिएको हो ।



Advertisement

तपाईको प्रतिक्रिया