मन्त्री अधिकारीलाई प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्दान्जली
समाधान संवाददाता
२०७५ फागुन १७ गते १३:०७

समाधान संवाददाता, पोखरा
हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव पोखराकाे प्रदर्शनी केन्द्र ल्याइएको छ ।
काठमाडौँबाट नेपाली सेनाको जहाजबाट अन्तिम श्रद्धाञ्जलि एवं अन्त्येष्टिका लागि शव पोखरा ल्याइएको हो । शव ल्याउने भएपछि उहाँका आफन्तजन, पार्टीका नेता तथा कार्यकर्ता बिहानैदेखि पोखरा विमानस्थलमा जम्मा भएका थिए ।
स्वर्गीय मन्त्री अधिकारीको शवलाई नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिनेछ । श्रद्धाञ्जलिपश्चात् पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटसम्म शवयात्रा गरी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने कार्यक्रम छ ।
सम्बन्धित









ददिको ज्ञानिकामाथि पोखरामा विमर्श
लामिनारद्वारा ‘मेरो सपनाको घर’ अभियान
बोन म्यारो पीडित थापाको सहयोग याचना
लोक दोहोरी प्रतिष्ठान गण्डकीको अध्यक्षमा माया गुरुङ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया