तनहुँमा एसइईका २४ केन्द्र

समाधान संवाददाता
शैक्षिक सत्र २०७५ को एसइई परीक्षा चैत्र १० गतेदेखि सञ्चालन हुँदै छ । यसका लागि तनहुँ निर्वाचन क्षेत्र १ मा १५ र निर्वाचन क्षेत्र २ मा ९ गरी २४ केन्द्र तोकिएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ तनहुँ प्रमुख दामोदर आचार्यले यस वर्षको एसइईमा जिल्लाबाट ६ हजार ३ सय ५७ परीक्षार्थी सहभागी हुने जानकारी दिए । उनका अनुसार ग्रेडवृद्धितर्फ ६३ जना परीक्षार्थी सहभागी हुनेछन् ।
उक्त परीक्षाका लागि दमौलीका निर्मल मावि, जलदेवी मावि, सत्यवती मावि, बालमन्दिर मावि, महर्षि वेदव्यास संस्कृत मावि केन्द्र तोकिएको छ । यस्तै चण्डीदेवी राष्ट्रिय मावि, क्यामिन मावि, मीन मावि थर्पु, सरस्वती नमूना मावि खैरेनीटार, खैरेनी मावि खैरेनीटार, जनकल्याण मावि दुलेगौंडा, पञ्चमुनीदेव मावि दुलेगौंडा, सहिदकृष्ण मावि दुलेगौंडा, हंशवाहिनी मावि दुलेगौंडा, गाउँफर्कोदय मावि ढोरफिर्दी, जनज्योति मावि भीमाद, विष्णु मावि नाहाला, पवित्रा मावि बन्दीपुर, भानु मावि बन्दीपुर, होमराज लोहनी शारदा शिक्षा सदन मावि भानु, जनजागृति मावि भानु, चोक मावि रामपुरेटार, मित्रता मावि आँबुखैरेनी र महेश संस्कृत विद्यापीठ देवघाट परीक्षा केन्द्र निर्धारण भएका छन् ।







ढोरपाटनमा फस्टायो घोडचढी
दूरसञ्चार बिना विकास असम्भवः मन्त्री थापा
सिंजालीलाई केशर पुरस्कार
८ देशका नागरिक अमेरिका यात्रामा प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया