थ्रीस्टार आहारारा च्याम्पियन

समाधान संवाददाता २०७५ फागुन १९ गते ९:०७

विकास रोकामगर

विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई हराउँदै १७ औं आहा रारा गोल्ड कप उपाधि थ्रीस्टार क्लबले जितेको छ । सडन डेथमा आर्मीलाई हराउँदै थ्रीस्टारले उपाधि चुमेको हो ।

खेलको पाचौं मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीले हेडिङमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको सुरुमै गोल गएपछि पहिलो हाफ अवधिभर थ्रीस्टार दबाबमा रहेको थियो । निर्धारित पहिलो हाफमा ३ मिनेट इन्जुरी समय थपियो ।

Advertisement

इन्जुरी समयमा आर्मीका दीपक गुरुङले डिबस्कभित्र हातले बल छुँदा थ्रीस्टारले पेनाल्टी पाएको थियो । त्यही मौकाको फाइदा उठाउँदै थ्रीस्टारले ४६ औं मिनेटमा रञ्जित धिमालले गोल गरे । खेलको दोस्रो हाफमा कुनै पनि खेलाडीले गोल गर्न नसकेपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो ।

अतिरिक्त समयको १३ औं मिनेटमा आर्मीका विमल पाण्डेले सन्तोष तामाङको फ्रिकिकमा आएको बललाई हेडमार्फत गोल गर्दै पुन टिमलाई अग्रता दिलाए । तर त्यसको बदला अतिरिक्त समयको २२ औं मिनेटमा थ्रीस्टारका रञ्जित धिमालले हानेको फ्रिकिकलाई विदेशी खेलाडी पिटर सेगनले गोल गर्दै लिए । उनको गोलसँगै खेल पुन बराबरीमा पुगेको थियो ।

Advertisement

निर्धारित समयमा दुबै टिम २–२ मा रोकिएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकर आर्मीका गोल रक्षक विकेश कुथुको बल थ्रीस्टारका गोलरक्षकले अलान न्यौपानेले रोकिदिए । त्यसपश्चात आएका थ्रीस्टारका सुनिल राईले प्रहार गरेको पेनाल्टी क्रसबार छुँदै बाहिरिएपछि ट्राइब्रेकरमा ४–४ को बराबरी भएको थियो ।

ट्राइब्रेकरमा समेत बराबरी भएको खेल सडन डेथमा पुग्यो । यो मौका थ्रीस्टारले चुकाएन । विपक्षी विकास तामाङको बल रोक्दै १७ औं आहा रारा गोल्डकपको उपाधि थ्रीस्टारले आफ्नो पोल्टामा पारेको हो । जितसँगै थ्रीस्टारले ८ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको त्रिभुवन आर्मीले ४ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीले फागुन ९ गते उद्घाटन गरेको प्रतियोगितामा १० टिम सहभागी थिए ।

आर्मीले ‘ननप्लेयर’ खेलाएपछि…
पोखरामा शनिबार भएको १७ औं आहारारा गोल्डकप फाइनल खेलमा निर्धारित समयमा त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लबबीचको खेल १–१ को बराबरीमा टुंगियो । त्यसपश्चात रेफ्रीले ३० मिनेट थपिएको सूचना दिँदै खेल सुरु गरे ।

खेल सुरु भएको १ मिनेटमै आर्मीका सेसेहाङ आङ्दाम्बेको ठाउँमा आशीष शाक्य मैदान प्रवेश गरे । तर उनको नाम शनिबार हुने फाइनल प्रतियोगिताको नेम लिस्टमा थिएन । यसको सुइँको कसैले पाएनन्, खेल भइरह्यो ।

आर्मीको त्यो ‘झेली’ त्यतिबेला बाहिरियो जब थ्रीस्टारका सुनिल बल र आर्मीका विकास खबासबीच मनमुटाव हुँदा रेड कार्ड पाउँदै बाहिरिए । १० खेलाडीमा सीमित भएको थ्रीस्टारले तत्काल गोल खाइहाल्यो ।

बाहिरबाट थ्रीस्टारका टिम म्यानेजर मुकेश नकर्मीले आशीष शाक्यको नाम नेम लिस्टमा नरहेको रेफ्रीलाई अनुरोध गरे । खेलका शाक्यको नाम नरहेको थाहा भएपछि खेल एकछिन तनावग्रस्त भएको थियो । तर रेफ्रीले शाक्यलाई बाहिर पठाएर आर्मीलाई १० खेलाडीमा सीमित राखेर पुन खेल सुरु गरे ।

खेलपश्चात थ्रीस्टारका मुकेश नकर्मीले ननप्लेयर खेलाडी नै मैदानमा पठाइनुमा आयोजक र विपक्षी टिम दुवैको गल्ती भएको बताए । ‘सहारा क्लबको साखलाई जोगाउनमात्रै हामी चुप लागेका हौं,’ उनले भने, ‘खासमा फिफाको नियम अनुसार ननप्लेयर खेलाइएको पाइए हामीले स्वत ३–० को जित निकाल्थ्यौं ।’

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने ‘ननप्लेयर’ मैदान जानुमा आफ्नो नभइ आयोजकको गल्ती भएको आरोप लगाए । ‘हामीले सुरुमै भनेका थियौं । नेम लिस्ट दिँदा पनि मिस अन्डस्ट्यान्डिङ भएकै हो,’ उनले भने, ‘मैदानमा पठाउँदा पनि उनीहरुले पूरै हेरेर पठाउनुपथ्र्यो ।’

न्यौपानले विपक्षी टिमले खेलमा ‘पोटेस्ट’ हालिदिएको भए फिफा नियम अनुसार आफूहरुको हार हुने स्वीकारे । ‘मिस कम्युनिकेसन भएर त्यस्तो भएको हो । तर विपक्षीले पोटेस्ट हालेको भए हामी स्वत हार्ने थियौं,’ उनले भने ।

तपाईको प्रतिक्रिया