फेवामा प्यराग्लाइडिङ खस्दा राेमानियन नागरिककाे मृत्यु
समाधान संवाददाता
२०७५ फागुन १९ गते १२:३१

समाधान सम्वाददाता
पाेखराकाे सराङकाेटबाट साेलाे उडान भरेका राेमानियन नागरिक एडी सिजरकाे मृत्यु भएकाे छ ।
ल्याण्डिङकाे क्रममा प्याराग्लाइडिङ फेवातालमा खसेका ४२ वर्षे एडीलाइ तत्काल मेट्राेसिटी अस्पतालमा उपचारका लागि पुर्याइएपनि उनलाई बचाउन नसकेकाे अस्पतालले जनाएकाे छ । हाल उनकाे शव पाेष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकाे छ ।
ब्लुस्काइ प्याराग्लाइडिङ कम्पनीकाे प्यारा उडाएका उनी सवा ११ बजे दुर्घटनामा परेका थिए । उनी साेलाे उडानमा रहेका थिए ।
दुर्घटनालगत्तै स्थानीयले उद्धार गरी प्रहरीमा जानकारी गराएका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया