हस्पिटालिटी नेपालका प्रतिस्पर्धीहरु घान्द्रुकमा

समाधान संवाददाता २०७५ फागुन १९ गते १३:३८

समाधान संवाददाता, पाेखरा

एपी इन्टरटेन्मेन्टद्वारा आयाेजीत हस्पिटालिटी नेपाल प्रतियाेगिताका सहभागीहरु प्रशिक्षणकाे लागी घान्द्रुक पुगेका छन् ।

तेस्राे सिजनको हस्पिटालिटी नेपाल कन्टेस्टमा पोखरा, बुटवल र काठमाण्डौका गरी १८जना प्रतिष्पर्धीहरु छन् । चरणबद्ध रुपमा विभिन्न तालिमहरु दिईएको आयोजक एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले बताए । 

Advertisement

त्यहाँको होम स्टे, ग्रामिण शैलीमा पाहुनाको स्वागत, त्यहाँका खानपिन, परिकार, आवास सुविधा सम्बन्धमा जानकारी हेतु विषय सुहाउँदो पनि भएकाले यस किसिमको भ्रमण गराईएको पाण्डेले बताए । यसका साथै उनीहरुले त्यहाँकाे विभिन्न संस्कृतिकाे अध्ययन तथा अवलाेकन गर्दै फाेटाेसुट र भिडियाेसुट गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया