तरकारी ढिलाे पकाएकाे निहुँमा श्रीमतीलाई गोली प्रहार गर्ने पक्राउ

समाधान संवाददाता २०७५ फागुन १९ गते १५:२९

रासस, बलेवा

बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङमा घरायसी विवादमा श्रीमतीलाई गोली प्रहार गरी फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

दर्लिङ–७ पात्ले कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीलाई प्रहरीले उनकै घरबाट शनिबार पक्राउ गरेको हो । तरकारी ढिलो पकाएको निहुँमा झगडा हुँदा श्रीमती बालकुमारीलाई घर्तीले गोली हानी घाइते बनाएका थिए । 

Advertisement

घटनापछि लुकेका घर्तीलाई उनकै घरबाट पक्राउ गरिएको भीमगिठे प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भोजबहादुर बानियाँले जानकारी दिनुभयो । घाइते बालकुमारी र उनका श्रीमान् दुबैलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाएको उहाँले बताउनुभयोे । 

Advertisement

तपाईको प्रतिक्रिया