फेसबुक, ट्विटर बन्द हल्लामात्रः सञ्चार मन्त्रालय
समाधान संवाददाता
२०७५ फागुन १९ गते १८:२०

समाधान
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जाल बन्द गर्ने कुरा हल्लामात्र भएको भन्दै भ्रम फैलाउनेलाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।
केही दिनयता मन्त्रालयको नाम जोडेर नेपालमा सामाजिक सन्जाल बन्द गर्न लागिएको कुरा सामाजिक सन्जालमा ‘भाइरल’ भएको छ । मन्त्रालयले यसबारे स्पष्ट पार्दै त्यस्तो सूचना लाइक, कमेन्ट वा सेयर गरिएको भए तत्काल हटाउन पनि प्रयोगकर्तालाई निर्देशन दिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया