धार्मिक पर्यटकमार्फत विश्वलाई चिनाउन, सडक पोलमा फूलको गमला

समाधान संवाददाता
पोखरा २ र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले विन्ध्यवासिनी वरपरका विजुलीको पोलमा फूलसहितको गमला राखेको छ । मन्दिर वरपरको क्षेत्रमा सडक सौन्दर्य अभियान अन्तर्गत आइतबारबाट फूलका गमला राख्न सुरु गरिएको वडा सदस्य गौतम बिजुक्छेले जानकारी दिए । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र पोखरा २ का अध्यक्ष रामेश्वर मल्लले संयुक्त गमला राख्दै स्वच्छ र हरियाली धार्मिक क्षेत्र बनाउन स्थानीय घरघरले सहयोग गर्न अनुरोध गरे ।
विद्युत प्राधिकरण र नेपाल टेलिकमका पोललाई रंगरोगन गरी गमलामा विभिन्न जातका फूलका विरुवा ह्यांगर बनाइ झुन्ड्याइको छ । स्थानीय बाटो र फुटपाथलाई विभिन्न रंगले रंगाइएको छ । विन्ध्यवासिनी मन्दिर धार्मिक पर्यटकीय क्षेत्र भएको र यहाँ आउने पर्यटकलाई आकर्षण गर्न अभियानले सघाउ पुग्ने धार्मिक क्षेत्र विकास सतितिका आमन्त्रित सदस्य सुशीला रेग्मीले जानकारी दिइन् ।
पोखरा २ मा थालनी भएको यो अभियान सिंगो पोखरामा चल्ने साहित्कार एवं धार्मिक क्षेत्रका सचिव तीर्थ श्रेष्ठले बताए । उनले मन्दिर क्षेत्रमात्र नभई पोखराका अन्य क्षेत्रमा र नेपाल भरका धार्मिक क्षेत्रमा यस्ता कार्यक्रम जरुरी भएको बताए । उनले पोखराकोको पर्यटकीय धार्मिक क्षेत्रका रुपमा विश्वलाई चिनाएको हुनाले सरसफाइसहित गमला राख्ने कार्यको सुरुआत गरिएको बताए ।








भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा
अमृत गुरुङसहित ९ जनालाई पोखरा महानगरको नवरत्न सम्मान
दैनिक १ सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै
सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया