प्रेस युनियन कास्कीमा पदस्थापना

समाधान संवाददाता २०७५ फागुन २० गते ८:१६

समाधान

नेपाल प्रेस युनियन कास्कीको नवौं अधिवेशनबाट निर्वाचित नयाँ कार्य समिति, केन्द्रीय पार्षद र प्रदेश पार्षदको शनिबार पदस्थापना गरिएको छ ।

निर्वाचन समितिद्वारा आयोजित सभामा कांग्रेस नेता शुक्रराज शर्मा, कास्की कांग्रेसका सभापति कृष्ण केसी, पूर्वमन्त्री यज्ञबहादुर थापा, नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व वरिष्ठ उपाध्यक्ष एवं नेपाली कांग्रेस पूर्व आमन्त्रीत केन्द्रीय सदस्य रामजी कुँवर, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल र निर्वाचन समितिका संयोजक अधिवक्ता विष्णुप्रसाद शर्माले पदस्थापना गराएका थिए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस नेता शुक्रराज शर्माले लोकतन्त्रमा सबै समेटिन सक्ने भन्दै लोकतन्त्रको पक्षमा कलम चलाउन आग्रह गरे । कास्की कांग्रेसका सभापति कृष्ण केसीले पत्रकारसँग सहकार्य गर्न तयार रहेको बताउँदै निर्धक्क भएर अघि बढ्न आग्रह गरे । पूर्वमन्त्री यज्ञबहादुर थापाले लोकतन्त्रवादीको पहिचान उसको असल कर्म हुनु पर्नेमा जोड दिए । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले पत्रकारलाई समाजले हेरिरहेको हुने भन्दै मर्यादीत बन्नु पर्नेमा जोड दिए ।

नेपाल प्रेस युनियन कास्कीका नवनिर्वाचित अध्यक्ष नवीन सिग्देलले संस्थामा कसैमाथि अन्याय हुन नदिने बताउँदै संस्थागत विकासमा जुट्ने प्रतिवद्वता व्यक्त गरे ।

कार्यक्रममा नेका पूर्व अमन्त्रीत केन्द्रीय सदस्य रामजी कुँवर, पूर्वसांसद शारदा पौडेल, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, महिला नेतृ सरस्वती गुरुङ, नेपाल ट्रेड युनियन गण्डकीका अध्यक्ष मुरारी शर्मा, कास्की अध्यक्ष विजयराज भण्डारी, नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष बिमला भण्डारी र नेपाल प्रेस युनियन कास्कीका निवर्तमान अध्यक्ष शिरोमणि बराल लगायतले बोलेका थिए ।

निर्वाचन समितिका संयोजक विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य कृष्णकुमारी गुरुङले स्वागत र सदस्य टंक अधिकारीले सञ्चालन गरेका थिए । गत आइतबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा नवीन सिग्देल, उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, महिला उपाध्यक्ष रवीना आले, सचिवमा प्रदीप पौडेल, कोषाध्यक्षमा विजय लम्साल, सहसचिवमा ज्योती हमाल लगायत निर्वाचित भएका थिए ।

त्यस्तै, सदस्यमा कमल पौडेल, सन्तोष बस्याल, ठगराज शर्मा (विराज), सन्तोष सुवेदी, हरि पन्त, धनबहादुर गुरुङ (सुमन), मधु अधिकारी, सम्राट गुरुङ, सुवाष पौडेल, अनिषा श्रेष्ठ (जयन्ती), सुवाष आचार्य, महेन्द्र ढुंगाना, सपना अधिकारी, भावना श्रेष्ठ, विजय नेपाली छन् ।

तपाईको प्रतिक्रिया