अनुदानका लागि ३० होमस्टे छानिए

समाधान संवाददाता २०७५ फागुन २० गते ८:२३

कृष्ण न्यौपाने

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सञ्चालनमा रहेका घरबास (होमस्टे)मा पर्यटन पूर्वाधारका लागि अनुदान दिन आह्वान गरेकोमा तनहुँबाट ३० घरबास छनोट भएका छन् । ग्रामीण पर्यटन प्रबद्र्धन गरी समृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले मन्त्रालयले पुस १४ गते आह्वान गरेको सूचना बमोजिम तनहुँका विभिन्न ३० घरबास अनुदानका लागि छनोट भएका हुन् ।

तनहुँका ४३ होमस्टेले अनुदानका लागि प्रस्ताव पेश गरेकोमा ३० होमस्टे छनोट भएको मन्त्रालयले जनाएको छ । भानु नगरपालिकाका ६, बन्दीपुर गाउँपालिकाका १०, व्यास नगरपालिकाका ६, शुक्लागण्डकीका ४, म्याग्दे गाउँपालिकाका २ र देवघाट गाउँपालिकाका २ सामुदायिक होमस्टे अनुदानका लागि छनोट भएका छन् ।

Advertisement

भानु नगरपालिका ९ स्थित ग्रिनहिल भिलेज सामुदायिक होमस्टे, भानु नगरपालिका १३ स्थित टुटेपानी सामुदायिक होमस्टे, भानु नगरपालिका १२ स्थित बयापानी सामुदायिक होमस्टे, भानु नगरपालिका ११ स्थित बाँसखर्क सामुदायिक होमस्टे, भानु नगरपालिका १३ स्थित बाँसपानी सामुदायिक होमस्टे, भानु नगरपालिका १२ स्थित मिर्लुङ कान्छी बराह मडकिना सामुदायिक होमस्टे अनुदानका लागि छनोट भएका छन् ।

बन्दीपुर गाउँपालिका ४ स्थित विमलनगर सामुदायिक होमस्टे, बन्दीपुर गाउँपालिका ४ स्थित विन्धवासिनी सामुदायिक होमस्टे, बन्दीपुर गाउँपालिका ४ स्थित तीनधारा सामुदायिक होमस्टे, बन्दीपुर गाउँपालिका ३ स्थित रामकोट सामुदायिक होमस्टे, बन्दीपुर गाउँपालिका २ स्थित बन्दीपुर सामुदायिक होमस्टे, बन्दीपुर गाउँपालिका ६ स्थित धरमपानी कन्यादेवी सामुदायिक होमस्टे, बन्दीपुर गाउँपालिका ३ स्थित अशौबोटे सामुदायिक होमस्टे, बन्दीपुर गाउँपालिका ६ स्थित डाँडाछाप आँगाटारी सामुदायिक होमस्टे, बन्दीपुर गाउँपालिका ५ स्थित कोरिखा सामुदायिक होमस्टे र बन्दीपुर गाउँपालिका २ स्थित मोहोरिया सामुदायिक होमस्टे अनुदानका लागि छनौट भएका छन् ।

Advertisement

व्यास नगरपालिका १४ स्थित कुलुङ सामुदायिक होमस्टे, व्यास नगरपालिका ११ स्थित तनहुँसुर देवस्थल सामुदायिक होमस्टे, व्यास नगरपालिका १४ स्थित केशवटार सामुदायिक होमस्टे, व्यास नगरपालिका ९ स्थित जौवारी समुदायिक होमस्टे, व्यास नगरपालिका १० स्थित दुम्सी नमूनाग्राम दराई सामुदायिक होमस्टे र व्यास नगरपालिका १३ स्थित आँपश्वारा सामुदायिक दलित होमस्टे छनौट भए ।

शुक्लागण्डकी नगरपालिका ८ स्थित कुमाल सामुदायिक होमस्टे, शुक्लागण्डकी नगरपालिका २ स्थित दगाम सामुदायिक होमस्टे, शुक्लागण्डकी नगरपालिका १२ स्थित ढोर लामागाउँ होमस्टे, शुक्लागण्डकी नगरपालिका १० स्थित रजस्थल सामुदायिक होमस्टे छनौट भएका छन् भने म्याग्दे गाउँपालिका ७ स्थित डाँडागाउँ हर्षपुर सामुदायिक होमस्टे, म्याग्दे गाउँपालिका १ स्थित मानहुँ सामुदायिक होमस्टे अनुदानका लागि छनौट भएका छन् ।

देवघाट गाउँपालिका–१ स्थित गोपीटार सामुदायिक होमस्टे र देवघाट गाउँपालिका–२ स्थित कराँदीप सामुदायिक होमस्टे छनौट भएको मन्त्रालयले जनाएको छ । ३ सय गाउँमा होमस्टे (घरबास) सञ्चालन गर्ने नीति लिएको गण्डकी प्रदेश सरकारले अनुदान प्रक्रिया अगाडि बढाएको छ ।

सरकारले होमस्टे सञ्चालन र त्यसका लागि अनुदान उपलब्ध गराउन प्रस्ताव आह्वान गरेको हो । ३ सय वटा गाउँमा होमस्टे सञ्चालन अनुदानका लागि बजेटमार्फत ३० करोड रुपैयाँ बिनियोजन गरेको छ । होमस्टे सञ्चालन कार्यविधि बनाएसँगै अनुदान कार्य्विधि बनाएर सरकारले प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।

परियोजना प्रस्ताव स्वीकृत भई सम्झौता गरेको १५ दिनभित्र होमस्टे समितिले कार्य सञ्चालन गर्नु पर्नेछ । सम्झौतापछि मन्त्रालयले पहिलो किस्ताका रुपमा ४० प्रतिशत अर्थात ४ लाख रुपैयाँ समितिको खातामा हाल्ने व्यवस्था अनुदान कार्यविधिमा छ ।

सरकारले होमस्टे सञ्चालन गर्न अनुदान दिने १० लाख रुपैयाँको १० प्रतिशत अर्थात १ लाख रुपैयाँ सम्बन्धित गाउँपालिका वा होमस्टे व्यवस्थापन समितिले अनिवार्य साझेदारी गर्नुपर्ने व्यवस्था कार्यविधिमा छ । मन्त्रालयको पर्यटन हेर्ने महाशाखा प्रमुखको संयोजकत्वमा गठित मूल्यांकन समितिले अनुदानका लागि प्रस्ताप प्रस्तावको मूल्यांकन गरी छनोट गर्नेछ ।

सरकारले होमस्टे चलाउन प्रदान गर्ने अनुदानको रकमको खर्च सम्बन्धमा कार्यवधि पनि बनाएको छ । होमस्टे सञ्चालन तथा प्रवद्र्धनसँग सम्बन्धित पर्यटक सूचना केन्द्र, सामुदायिक भवन, बहुउद्देश्यीय भवन, सार्वजनिक सभागृह, प्रदर्शनी स्थलमा अनुदानको रकम व्यवस्थापन समितिले खर्च गर्न पाउने छन् । होमस्टे गाउँलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण र पर्यटकीय महत्वका विषयमा अनुदानको रकम खर्च गर्न मिल्ने कार्यविधिमा छ ।

होमस्टे व्यवस्थापन समितिले हस्तकला केन्द्र, कोसेली घर, सौगात गृह, सांस्कृतिक सङ्ग्राहलय, सार्वजनिक पुस्तकालय, पार्क र उद्यान, भ्यूटावर बनाउन प्रवेशद्वार, पदमार्ग¸ ढुंगेमार्ग बनाउन यो रकम खर्च गर्न सक्नेछन् । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशका ८५ गाउँपालिकामा स्वरोजगार सिर्जना गर्न होमस्टे प्रबद्र्धनका लागि ३० करोड विनियोजन गरिएको बताए ।

तस्विर: भानु नगरपालिका–१३ स्थित टुटेपानी सामुदायिक होमस्टे ।

तपाईको प्रतिक्रिया