सिटी रेबान महोत्सव सुरु

समाधान संवाददाता २०७५ फागुन २० गते ८:४९

समाधान संवाददााता

सिटी रेबान पोखराले आयोजना गरेको सिटी रेबान महोत्सव तथा फुड फेस्टिबल आइतबारदेखि सुरु भएको छ । ७ औं संस्करणको मेलामा उदघाटन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेशमा पर्यटक ल्याउन प्रदेश सरकारले महत्वपूर्ण कार्य गरेको बताए ।


उनले सन् २०१९ लाई प्रदेश सरकाले आन्तरिक पर्यटन वर्ष घोषणा गरेको दोहो¥याए । सन् २०२० पछि गण्डकी प्रदेशलाई नेपाली र विदशी पर्यटनको हब बनाउने उनको भनाइ थियो ।

Advertisement

पर्यटन विकास गर्न लम्सालले भौतिक पूर्वाधारको विकास गरी स्थानीय उत्पादनलाई जोड दिनुपर्ने उल्लेख गरे । उनले गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्रमा नै पर्यटनको सम्भावाना रहेको औंल्याए ।

पोखराबाट नै मध्यपहाड जोड्ने बाटोको योजनासमेत रहेको उनले सुनाए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले मेला महोत्सव अन्य देशमा सरकारले नै आयोजना गरेको र नेपालमा गैरसरकारी संस्थाले मात्र आयोजना गर्नुपर्ने बाध्यता रहेको बताए ।

Advertisement


अधिकारीले अहिलेको सरकारले विस्तारै मेला महोत्सवलाई प्रथामिकता दिएको भनाइ राखे । सिटी रेबान मेला तथा फुड फेस्टिबलमा अन्य सामानभन्दा खानाका परिकार र खाना बनाउने सामानको बिक्री वितरण हुनुपर्नेमा उनले जोड दिए ।

उपझोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले बेलाबेलामा मेला महोत्सव हुँदा व्यापारी र उपभोक्ताका लागि फाइदा भइरहेको बताए । मेला महोत्सवमा गुणस्तरीय समान मात्र बिक्री वितरण गर्न उनले अनुरोध गरे । क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले मेला महोत्सवले सूचना प्रविधिमा फड्को मार्न सजिलो हुने बताए । उनले सूचना प्रविधिमा अगाडि बढेमात्र स्मार्टसिटी बनाउन सकिने बताए । सिटी रेबान पोखरामा अध्यक्ष दीपक तिमिल्सिनाले मन्त्री रवीन्द्र अधिकरीको निधनकै कारण महोत्सव केही दिन ढिला सुरु भएको जानकारी गराए ।

सिटी रेबान मेला तथा फुड फेस्टिबल आगामी २७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा सयभन्दा बढी स्टल छन् । १० वटा खाना तथा खाजासहित कृषिजन्य, हस्तकला, सुगम संगीत, राष्ट्रिय तथा स्थानीय उत्पादनका स्टलहरु छन् । महोत्सवमा शिवरात्रि परेको हुनाले शिवलिंगको स्तम्भ राखिएको छ । आमदर्शकलाई फरकफरक स्वाद र मनोरञ्जनका लागि राष्ट्रिय कलाकारसँग पप, कन्सर्ट, महिला गृहिणी नृत्य महोत्सवमा हस्तकला, बाल उद्यान, कृषि प्रदर्शनी लगायत विभिन्न कार्यक्रम समावेश गरिएको आयोजकले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया