गण्डकीबाट टेनिस खेलाडी छनोट

समाधान संवाददाता २०७५ फागुन २१ गते ८:३९

समाधान
आठौं राष्ट्रिय खेलकुदअन्तर्गत हुने टेनिस खेलका लागि गण्डकी प्रदेशबाट खेलाडी छनोट गरिएको छ । पोखरा रंगशालामा भएको छनौट प्रतियोगिताबाट पुरुषतर्फ अनील शाही, प्रदीप खड्का, नवीन मगर, गोविन्द नेपाली र धरमबहादुर लामिछाने छानिए । यस्तै कुमार अधिकारी, गोपीबहादुर भट्टराई र विष्णु नेपाली वैकल्पिक खेलाडीका रुपमा छनौट भएको कास्की जिल्ला टेनिस संघका महासचिव नवीन चालिसेले जानकारी दिए ।

महिलातर्फ रोमिका बुद्धाचार्य, श्रीया भट्टराई, सुप्रिया बसेल, विमला बसेल र गंगा शर्मा छनोट भएका छन् । टिमकोच निरज थापा हुन् ।

प्रतियोगिताबाट छनोट भएका खेलाडीलाई गण्डकी प्रदेशका सांसद कृष्ण थापा, कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामा, क्षेत्रीय प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी, कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दीपक गोदार तथा टेनिस संघका सल्लाहकार सूर्यबहादुर भुजेल लगायतले मेडल, प्रमाणपत्र वितरण गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया