लेखक र निर्देशकले माफी माग्न पर्दैन: सर्वाेच्च अदालत

समाधान संवाददाता, काठमाडाैं
सरस्वती प्रतीक्षाको उपन्यास नथियासमेत २ किताब र एक चलचित्रविरूद्ध परेको रिटमा फैसला गर्दै सर्वोच्च अदालतले कुनै कुरा प्रकाशन प्रसारण गर्दा व्यक्ति वा समुदायको आत्मसम्मानमा चोट नपुर्याउन सबैको ध्यानाकर्षण गरेको छ ।
वादी समुदायबारे लेखिएका दुई किताब ‘नथिया’ र ‘ऐलानी’ अनि चलचित्र ‘पण्डित बाजेको लौरी’विरूद्ध अन्तरिम आदेश माग्दै दायर गरिएको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले यस्तो आदेश गरेको हो । रिटमा माग गरेअनुसार लेखक र निर्देशकले माफी माग्न र किताब सच्याउन भने सर्वोच्चले आदेश दिएको छैन ।
सरस्वती प्रतीक्षाद्वारा लिखित उपन्यास नथिया, विवेक ओझाद्वारा लिखित ऐलानी र चलचित्र पण्डित बाजेको लौरो सिनेमाले वादी समुदायको आत्मसम्मानमा ठेस पुर्याएको भन्दै मिना नेपालीले असोज ४ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् । त्यसका लेखक र निर्देशकलाई वादी समुदायसँग माफी माग्न लगाउन पनि रिटमा उल्लेख थियो ।
लेखकलाई माफी माग्न आदेश नदिएको सर्वोच्च स्रोतले जानकारी दिएको छ । सर्वाेच्च स्राेतका अनुसार लेखकले माफी माग्नु पर्ने गरी आदेश भएको छैन । खाली कुनै कुरा प्रकाशन प्रशारण गर्दा समुदाय वा व्यक्तिको आत्मसम्मानमा चोट नपुगोस् भन्नेतर्फ ध्यानाकर्षण गराइएको सम्म हो ।








शुभप्रभात सहकारीमा विश्वको नेतृत्व
शान्ति श्रीष मगरको नयाँ गीत
प्यारामाउन्ट पब्लिक स्कुलको अभिभावक दिवस
पर्यटनमा साझेदारी बढाउँदै पोखरा–ढोरपाटन ‘टुर’ सम्पन्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया