५ थान बन्दुकसहित ४ जना पक्राउ

समाधान संवाददाता २०७५ फागुन २२ गते ८:३४

सुरेश अधिकारी

जिल्ला प्रहरी कार्यालय कास्कीले ५ थान बन्दुकसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले २ थान १२ बोर राइफल र ३ थान भरुवा बन्दुकसहित रुपा गाउँपालिका ७ घर भई हाल पोखरा ३० शिशुवा बस्ने ५५ वर्षीय नारायणबहादुर गुरुङ, रुपा गाउँपालिका ७ तालबेंसी बस्ने ४८ वर्षीय डिलबहादुर गुरुङ, रुपा ७ तिलखोरिया बस्ने ४५ वर्षीय सुरेश गुरुङ र ५४ वर्षीय मनबहादुर थापा मगर पक्राउ गरेको हो । पक्राउ परेकाले हतियार द्वन्द्वकालमा लुगाएर राखेको बताए भने उनीहरुले माटोमुनि लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

खुकुरी हान्ने पक्राउ
पोखरा ११ का सबिन विकलाई खुकुरी प्रहार गरेको आरोपमा वडा प्रहरी कार्यालय रामबजारले पक्राउ गरेको छ । विकले पोखरा महानगरपालिका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पछाडि निर्माणाधिन पार्कमा सिद्धान्त गुरुङको छातीमा खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । उनीबीच सामान्य विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । विकले प्रयोग गरेको खुकुरी प्रहरीले बरामद गरेको छ । गुरुङ गम्भीर अवस्थामा रहेको प्रहरीको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया