न्युज ब्रेकर थिए, रवीन्द्र

समाधान संवाददाता २०७५ फागुन २२ गते ८:४६

रामजीप्रसाद लम्साल

पत्रकारिताको २० वर्षे करियरमा सबभन्दा बढी मैले लेखेको समाचारका विषय, पात्र, प्रवृत्ति उनै थिए । एउटै मान्छेको मनोविज्ञानका बारेमा धेरै समाचार कसको लेख्यौ भनेर कसैले सोध्ने विषयमा उत्तर उनै आउँथे । एउटा दरिलो प्रणेता हुन सक्ने अदृश्य शक्ति थियो, उनमा । १ दशक लामो अशान्ति, जनयुद्ध अनि विनासबाट आमजनता जस्तै आक्रान्त म पनि विकास चाहन्थे, आर्थिक समृद्धि चाहन्थे, सामाजिक रुपान्तरण चाहन्थे, त्यही चाहाना अनि एउटा विकास सूचक देखेका कारण पनि कलम र औंलाहरु उनीप्रति दौडिन्थे ।

विद्यार्थी राजनीतिकालदेखिकै एउटा उठबस रह्यो उनीसँग । उनको सफलताको उचाइको सपना देख्ने १ पात्र म पनि थिए । त्यसैले पनि उनको सफलताको अभियानमा म दौडिरहें । कहिले देखिएर, कहिले नदेखिएर । कलमका मसीले उनको धेरै मनोवृत्ति उतारें । राजनीतिक इतिवृत्तान्त भन्दा पनि उनका मानवीय स्वाभावजन्य मनोविज्ञानको परिवेशमा कलम हुन्थ्यो । लेखेका धेरै कुरा विश्लेषण गर्थे, निष्र्कष निकाल्थे । सुझाव आदानप्रदान चलिरहन्थ्यो ।

Advertisement

समाचारका एगंल दिन पनि उनी निकै खप्पिस थिए । उनीसँगको चिया गफ नै कति विषयका लागि काफी हुन्थे । कसैको गल्तीलाई पनि सिर्जनात्मक तरिकाबाट औल्याउँथे । लामो संगतबाट मनोविज्ञान बुझ्न थालेपछि इशारा नै काफि हुन थाल्यो । प्राय उनका कार्यक्रमहरुमा क्रियाशिल पत्रकारितामा सँगै हुन्थें । अभियानहरु प्रभावकारी हुँदै थिए, ठोसपूर्ण कार्यलाई प्राथमिकतामा राख्ने जनताको मनोभावनालाई बुझेर सामान्य कार्यक्रममा पनि सहभागिता जनाएर जनताको मनमा बस्न सफल थिए । राजनीतिक यात्राका आरोह अवरोहमा थुप्रै संर्घषसँग जुधेर अघि बढ्ने उनमा कठिन परिस्थितिमा पनि संयम भएर निरन्तर अघि बढ्न सक्ने बेग्लै खुबी थियो । एक्लो यात्रामा कम विश्वास र साझा भावना र उद्देश्यलाई आफ्नो अभिष्टको केन्द्रविन्दुमा राख्दै आएका थिए ।

विद्यार्थी राजनीतिमा प्रभाव जमाउँदै प्रत्यक्ष पार्टी राजनीतिमा प्रवेश गरे पछि उनको रजनीतिक उचाइ झनै चर्चाको शिखरमा पुग्यो । उनी समाचारका अब्बल स्रोत बन्न थाले । ०६२ ÷६३ को आन्दोलन मै उनको छवी एउटा उत्कृष्ट ‘न्युज मेकर’ को रुपमा स्थापित भइसकेको थियो ।

Advertisement

उनको अभियान चाहे विद्यार्थी कालखण्डमा होस् चाहे पार्टी जीवनकालमा न्युज मेकरको रुपमा अग्रपंक्तिमा देखिन्थ्यो । अधिकाशं कलम क्यामेरा र स्वरहरु उनीतिर सोझिन्थे । त्यसको प्रत्यक्ष र अप्रत्यक्ष संयोजनको जिम्मा म माथि रहन्थ्यो । कार्यक्रम सकिएपछि अर्को दिन चिया गफमा भन्थे । यसले यो मिलाएछ, अर्कोले त्यो हाइलाइट गरछे, अलि अप्ठ्यारो दृश्य दिएछ । जे होस् पत्रकारितामा स्रोत महत्वपूर्ण रहन्थ्यो त्यो खुबीसमेत थियो उनमा ।

मालेबाट कास्की १ मा चुनाव लडेदेखि देशैभरिबाट मालेले नगण्य भोट प्राप्त गर्‍यो । उनले भने १७ सय भोट ल्याए । ६४ सालको निर्वाचनमा कास्की ३ बाट भारी मतले विजयी बने । त्यही पनि १ प्रभावशाली न्युज मेकरको रुपमा देखापरे ।

‘काम त सबैले गर्छन् तर त्यही काम फरक तरिकाले गर्नुपर्छ ।’ उनले प्रयोग गर्ने शब्दावली र व्यवहारिक पक्षको तालमेल मिल्थ्यो । त्यही विशेषताले उनलाई राष्ट्रिय राजनीतिमा स्थापित गरायो र प्रभावशाली छविसमेत बनायो । ०६४ कै निर्वाचनमै एउटा कुशल र अनुभवी सांसद्को जस्तो छवि बनीसकेको थियो । त्यसपछिका दिनहरुमा त झन् कास्की, देश र अनि समग्र संसद्मार्फत नै न्युज मेकरको कला प्रभावशाली हुँदै गयो । अझ समाचारका हाइलाइट्समा आउँदै गयो । त्यो संयोजनको भूमिका गहन पार्दै जाने चुनौती थपिंदै थियो । उनी खारिदै समाचारको पात्रमा दरिंदै थिए । समृद्धिको खाका बनाउँदै थिए । समाज विकासका मार्ग चित्र, भिजन–मिसन दुवै एकाकार गर्दै थिए ।

०७० को निर्वाचनमा विजय लगत्तै मन्त्रीको चर्चा चुलिए पनि विकास समितिको सभापनि बने । त्यो प्लेटफर्म र अवसरलाई पनि नयाँ र फरक ढंगले प्रयोग गरे । त्यहाँ पनि राम्रो न्युज मेकरको छविमा रहे । त्यही बीचमा समृद्ध नेपालको लेखकीय खाका जुराउने क्षमता प्रर्दशनसमेत गरे । तेस्रो पटक ०७४ सालमा कास्कीको इतिहासमै लगातार तेस्रो पटक विजयी बनेपछि उनको राजीतिक चुली झन् बढ्यो । मन्त्री मण्डलमा संस्कृति पर्यटन र नागरिक उड्डयनको जिम्मेवारीमा रहे ।

पहिलो पत्रकार सम्मेलनमा सबभन्दा पहिले १ सय दिने कार्ययोजना लगत्तै १ वर्षे कार्ययोजना सार्वजनिक गर्दै गर्दा अर्कोचोटि मिडियामा न्युज ब्रेकर र मेकरमात्र हैन न्युज ब्रेकर नै बने । १ सय दिने कार्ययोजना प्रभावशाली रुपमा सम्पन्न गरी सफल कार्यकालतर्फ उन्मुख हुन् १ वर्षे कार्ययोजना पनि मूर्त हुँदै थिए । एयरपोर्टदेखि अन्तर्राष्ट्रिय उडड्यनमा नेपालको छवि सुधार्ने, पर्यटनमा तिव्रता विकासका योजना मात्रै बनाएनन् १ वर्षे कार्यकालमा अद्धितिय काम गर्न भ्याए । बाँँकी कार्यकालका लागि भारी योजना सार्वजनिक गर्ने तयारीमा थिए । सांस्कृतिक रुपान्तरण, विकास र स्पष्ट मार्गचित्र थियो । हवाइ उडड्यन र क्षेत्रको विकासका लागि बग्रेल्ती सम्भव योजनाहरु बुन्दै थिए । पर्यटनलाई विश्वब्यापी बनाउने अनगिन्ती असाधारण काम लामबद्ध थिए ।

मन्त्रीको सपथ ग्रहण भएपछि कास्कीको धम्पुसबाट राति ११.३० मा बधाइ दिएको थिए । दाइ आधा बधाइ छ भनिरहँदा उनी प्रतिप्रश्न गर्दै थिए । किन आधा ? पुरा बधाइ सफल कार्यकालपछि दिने हो । सुसंस्कृत संस्कृत, समृद्ध पर्यटन र सशक्त उडड्नको क्षेत्र भएपछि बल्ला तपाईं मन्त्री हुनुहुनेछ । मैले यत्ति भन्दा खित्तित हाँसेका थिए ।

मन्त्रीको अर्थ अख्तियारी प्राप्त प्रमुख अधिकारी हो, सर्वश्रेष्ठ अधिकारी हो । साँच्च नै विकासमा विभागीय तहल्का ल्याउनुपर्छ । तर अफसोच जनताको मन जिते जनताले जिताए तर नियतिले हरायो । एउटा सम्भावना हामीबाट खोसियो । समृद्ध नेपाल बनाउने सपना, सपनाको यात्रा अधुरो रह्यो नै, खोजेको मन्त्री, मन्त्री नै भएनन् । त्यसैले म भन्छु ‘हो… रवीन्द्र मन्त्री नै भएनन् ।’

चयकभ।बिmकबद्धि२नmबष्।िअयm
लम्साल पोखराका पत्रकार हुन् ।

तपाईको प्रतिक्रिया