विप्लवलाई प्रम ओलीको चेतावनी, कम्युनिस्ट पार्टीको नाम लिएर लुटमार गर्ने काम बन्द गर्नूस्

समाधान संवाददाता २०७५ फागुन २२ गते ८:५९

बिबिसी नेपाली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले हिंसात्मक गतिविधि नसच्याए सरकारले नियन्त्रण गर्ने चेतावनी दिएका छन्।

मंगलबर इलाम र झापाको सिमाना सुखानीमा आयोजित स्मृति सभामा बोल्दै उनले हिंसात्मक गतिविधि गर्नेलाई वामपन्थीकै सरकार भए पनि नछोडिने बताए।

Advertisement

विस्फोट गराएर मान्छे मार्ने गतिविधि गर्नेलाई राजनीतिक दल भन्न नमिल्ने उनले टिप्पणी गरे।

आक्रामक शैलीमा ओलीले भने, “कम्युनिस्ट पार्टीको नाम लिएर लुटमार गर्ने काम बन्द गर्नूस्। होइन भने जनताको सरकार छ, शान्ति सुव्यवस्था र अमनचयन कायम गर्नका लागि नियन्त्रण गर्नुपर्ने हुन्छ।”

Advertisement

‘छुट दिइँदैन’

हिंसात्मक गतिविधि गर्ने वामपन्थी नै भए पनि वामपन्थी सरकारले नछोड्ने सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका ओलीको भनाइ थियो।

लुकेर चन्दा उठाउन तथा लुटमार गर्ने काम बन्द गर्न उक्त पार्टीलाई उनले चेतावनी दिए।

महिला

त्यस्ता काम गर्नेलाई वामपन्थी भन्न नसकिने बताउँदै ओलीले भने, “केही विस्फोट गराएर, केही मान्छे मारेर, चन्दा उठाउने धन्दा गर्छ भने त्यसलाई पार्टी भनिँदैन। त्यसलाई छुट दिन सकिँदैन।”

यसअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि उक्त पार्टीलाई सच्चिन चेतावनी दिएका थिए।

तपाईको प्रतिक्रिया