ठगी मुद्दामा जिएमसीका २ जना पक्राउ

समाधान संवाददाता २०७५ फागुन २३ गते ७:५६

समाधान संवाददाता

विद्यार्थीसँग मनपरी शुल्क असुलेको आरोप लागेको गण्डकी मेडिकल कलेजका लगानीकर्तासमेत रहेका सन्तोष खनाल र कर्मचारी लक्षमण शर्मालाई बिहीबार कास्की प्रहरीले पक्रेको छ । कास्की प्रहरीले बिहीबारै कलेज सञ्चालक खुमा अर्यालसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

सरकारबाट तोकिएभन्दा बढी रकम असुलेको भन्दै विद्यार्थीले गरेको उजुरीको आधारमा ठगी मुद्दामा अदालतको अनुमति लिएर प्रहरीले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । सञ्चालक अर्याल, प्रिन्सिपल रवीन्द्र श्रेष्ठ, लेखाप्रमुख युवराज शर्मा, लेखाकै हरिमाया पौडेल, कृष्ण घिमिरे र प्रशासनका दिनेश पौडेल, कर्मचारी तिलक पौडेल, कृष्ण पौडेल र लक्षमण शर्मा तथा पूर्व कार्यकारी अधिकृतसमेत रहेका सन्तोष खनाल लगायतविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

Advertisement

सरकारले उपत्यकाबाहिरको मेडिकल कलेजलाई एमबिबिएसमा ४२ लाख शुल्क तोकेको छ । तर, कलेजले १५ लाख रुपैयाँसम्म बढी रकम असुलेको विद्यार्थीको आरोप छ । विद्यार्थीले मंगलबार सञ्चालकविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दिएका थिए । विद्यार्थीहरु माघ १६ देखि चरणबद्ध आन्दोलनमा छन् ।

Advertisement

तपाईको प्रतिक्रिया